काठमाडौं। यस वर्षको अत्यधिक प्रतिक्षित नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ सेन्सर पास भएको छ। केन्द्रिय फिल्म जाँच समितिले फिल्मलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ, जसअनुसार यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्।
सेन्सर बोर्डका सदस्यहरू फिल्मको क्लाइमेक्स अवलोकन गर्दा भावुक भएको बताइएको छ। उनीहरूले हसाउँदै–हसाउँदै अन्त्यमा हृदय छुने कथा पस्कन सफल भएको प्रतिक्रिया दिएका छन्।
दिपेन्द्र के। खनाल निर्देशित यस फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने र कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। फिल्मका छायाकार कृष्ण बहादुर थापा र सम्पादक नकुल खड्का रहेका छन्।
संगीतमा वसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतको सिर्जना रहेको छ भने स्वरमा आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईलाई सुन्न सकिनेछ।
‘हरिबहादुरको जुत्ता’ दशैंको फूलपाती ९असोज १३ गते० देखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ।
News Filmy Newsportal / Nepal
