काठमाडौं। निर्देशक टंक बुढाथोकीले निर्माण गरेको फिल्म ‘मन बिनाको धन’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा मुख्य कलाकार अशोक दर्जीलाई विद्यार्थीको पोशाकमा प्रस्तुत गरिएको छ। “जिरोदेखि हिरोसम्मको कथा” भन्ने ट्यागलाइनमार्फत फिल्मले दर्जीको जीवनयात्रा देखाउने संकेत गरिएको छ।
फिल्म आगामी कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने भएको छ। अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहनेछ।
पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बाट चर्चामा आएका दर्जीलाई यस फिल्मले पहिलोपटक मुख्य भूमिकामा प्रस्तुत गरेको हो। फिल्मको कथा टंक बुढाथोकीले लेखेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका हुन्। फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।
News Filmy Newsportal / Nepal