News & Gossip

छक्का पञ्जा ५ संग जीतुको फिल्म भिडाउने तयारी ?

काठमाण्डौँ । भर्खरै प्राप्त खबर अनुसार आगामी फुलपातिलाई रिलिज तय गरिएको दीपक- दीपाको फिल्म छक्का पञ्जा ५ रिलिज हुने मितिमा जीतु नेपालको फिल्म ज्वाइँ साब भिडाउने तयारी भएको छ । न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ जानकारी जानकारी अनुसार निर्माता निर्देशकको प्रेसरका कारण ज्वाइँ साब लाई छक्का पञ्जासँगै रिलिज गर्ने तयारी गरिएको …

Read More »

पहिलेको पोष्टरले चर्चा नकमाएपछि ‘बर एण्ड बधु’ को टिमले निकाल्यो नयाँ पोष्टर

काठमाण्डौँ । आदरणीय, पुजनीय , ढोगनीय निर्माता तथा निर्देशक ज्यूहरु । कुनै पनि फिल्मको पहिलो झलक भनेको त्यस्तो झलक हो जसले समग्र प्रोजेक्टको चर्चा गराउँछ । भबिष्यमा प्रोजेक्टले के गर्ला भनेर प्रेडिक्सन गर्न पनि सघाउँछ । तर हामी कहाँ फिल्म मेकरहरुलाई यस्तो हतार हुन्छ कि, न्यूयोर्क जाने प्लेन नै छुटला …

Read More »

धीरज र उपसनाको नयाँ फिल्मको टिजर ईमोश्नल : तर कबड्डी जस्तै किन ?

उपसनाको अभिनय उत्कृष्ट काठमाण्डौँ । नयाँ जेनेरेशनका लोकप्रिय कलाकार धीरज मगर र उपसना सिंह ठकुरीको नयाँ फिल्म खुश्माको ईमोश्नल टिजर बाहिरिएको छ । अगामी असोज ३ गते देखि रिलिज हुन लागेको यो फिल्मको टिजर हेर्दा लाग्छ उपसनाले भरपुर अभिनय गरेकी छिन । उनले पहिले पटक अभिनयमा शतप्रतिशत निख्खारपना ल्याउँदै पर्फमेन्स दिएको …

Read More »

ह्रस्व दीर्घको सेट बबाल तर गीत ?

काठमाण्डौँ । सयौँ हातहरु जोडिएका मिहिनेतमा यसरी एउटा पत्रकारले  फ्याट्ट प्रश्न गरिहाल्न त मिल्दैन । तर कामनै प्रश्न गर्ने ठाउँमा भएपछि अलि अलि प्रश्न त गर्ने पर्यो नि । प्रश्न र जिज्ञासा चित्त नबुझेमा माफ पाउ । किन कि आज हामी हरिहर अधिकारी र नीता ढुंगानालाई मात्र प्रश्न गर्दैनौ समग्र …

Read More »

फिल्म मेकिङमा पनि सेभेन सिजको सक्रियता बढ्यो : एउटा नसक्किदै अर्को घोषणा

काठमाण्डौँ । नेपाली फिल्मको अन्र्तराष्ट्रिय वितरणबाट उदाएको कम्पनी सेभेन सिजले फिल्म निर्माणमा पनि सक्रियता बढाएको छ । कम्पनीले हाल सालै पूर्ण बहादुरको सारंगी निर्माण गरेको थियो जसको सुटिङ सकिए लगत्तै नयाँ फिल्म निर्माणको घोषणा आजै गरेको हो । एउटा फिल्मको पूर्ण काम नसकिदै अर्को प्रोजेक्ट एनाउन्स गरेको कम्पनीले रोल नम्बर …

Read More »

बिहेमा नाच्ने गीत बन्यो बर एण्ड बधुको तर अन्य बेला के होला ?

काठमाण्डौँ । हुन त बोक्सीको घरको गीत रिलिज पश्चात फिल्म नगरीले अर्को हिट प्राप्त गर्न सफल भएको छैन । यो बिचमा जति पनि नयाँ फिल्मका गीतहरु आए ती सवै गीतहरु औषतनै देखिए । मिहिनेत गर्दा गर्दै पनि अपेक्षित रिजल्ट फिल्ममेकरहरुले पाउन सकिरहेका छैनन । तर अघिल्लो पटक निकालिएको लभ संङ …

Read More »

रावायणको धमाकेदार टिजर : पब्लिक रिभ्यू पनि अब्बल

काठमाण्डौँ  । अनमोल केसीले खेल्दिन भनेर रिजेक्ट गरेको फिल्म रावायणको टिमले धमाकेदार टिजर सार्वजनिक गरेको छ । निर्देशक सुर्दशन थापाले हिरोइन पूजा शर्मासँगको सहकार्यमा बनाएको फिल्मको टिजर हेर्दा लाग्छ आउँने भदौँ २१ गते देखि फिल्म हलमा दर्शकको चाप राम्रै देखिनेवाला छ । उच्च कोटीको प्रोडक्सन भ्यालु देखिएको टिजरमा पल शाह …

Read More »

सञ्चारकर्मी नरेश भट्टराईलाई पितृ शोक

काठमाण्डौँ । लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईलाई पितृ शोक परेको छ । उपचारका लागि सर्लाहीबाट काठमाण्डौँ आएका बेला उनका पिता तुलसी प्रसाद भट्टराईले आज बिहान देह त्यागेका हुन । ८५ बर्षिय तुलसी प्रसाद भट्टराई नशा र प्रेसरका विरामी थिए । उनलाई नरेशले एक हप्ता अघि मात्र काठमाण्डौँ ल्याएका थिए । बुझिए …

Read More »

सामाखुसीमा खुल्यो सुविधा सम्पन्न हल : कलाकारहरुद्धारा उद्घाटन

काठमाण्डौँ । काठमाण्डौँको सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा QFX  चेनको अर्को  हल खुलेको छ । बिहिबार साँझ अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत र अभिनेत्री नीति शाहले संयुक्त रुपमा सिनेमा हलको उद्घाटन गरेका हुन । तीन वटा पर्दा रहेको यो सुविधा सम्पन्न …

Read More »

ज्वाइँ साब पनि आज बाट फ्लोरमा : नीतिको लागि सेकेण्ड चान्स के होला ?

काठमाण्डौँ । सफल हिरोइन बन्ने दौडमा होमिएकी नव अभिनेत्री नीति शाहको दोश्रो फिल्म ज्वाइँ साब पनि आजबाट फ्लोरमा निस्किएको छ । नीतिको अपोजिट फिल्ममा जीतु नेपाल शीर्ष भूमिकामा छन । बसन्त निरौलाको निर्देशनमा फिल्मको सुटिङ मकवानपुर जिल्लाको चित्लाङबाट सुरु गरेको हो । शुक्रबार बिहान भैरब मन्दिरमा मूर्हुत सँगै फिल्मको सुटिङ …

Read More »