काठमाण्डौँ । नेपाली फिल्मको अन्र्तराष्ट्रिय वितरणबाट उदाएको कम्पनी सेभेन सिजले फिल्म निर्माणमा पनि सक्रियता बढाएको छ ।
कम्पनीले हाल सालै पूर्ण बहादुरको सारंगी निर्माण गरेको थियो जसको सुटिङ सकिए लगत्तै नयाँ फिल्म निर्माणको घोषणा आजै गरेको हो ।
एउटा फिल्मको पूर्ण काम नसकिदै अर्को प्रोजेक्ट एनाउन्स गरेको कम्पनीले रोल नम्बर वान टाइटलमा फिल्म बनाउँन लागेको जनाएको छ । चाईल्ड साईकोलोजीमा आधारित रहेको कथालाई जोन योञ्जनले निर्देशन गर्नेछन ।
स्क्रिन प्ले डाईलगमा महेश दवाडी र संगीत सृजनाका लागि प्रशान्त शिवाकोटीको भूमिका रहने छ । फिल्मका मुख्य निर्माता विनोद पौडेलका अनुसार आउँने तिहार लगत्तै फिल्मको सुटिङ हुनेछ । प्रि– प्रोडक्सन भने अहिले देखिनै सुरु भईसकेको उनले जनाएका छन ।