काठमाण्डौँ । सफल हिरोइन बन्ने दौडमा होमिएकी नव अभिनेत्री नीति शाहको दोश्रो फिल्म ज्वाइँ साब पनि आजबाट फ्लोरमा निस्किएको छ । नीतिको अपोजिट फिल्ममा जीतु नेपाल शीर्ष भूमिकामा छन ।
बसन्त निरौलाको निर्देशनमा फिल्मको सुटिङ मकवानपुर जिल्लाको चित्लाङबाट सुरु गरेको हो । शुक्रबार बिहान भैरब मन्दिरमा मूर्हुत सँगै फिल्मको सुटिङ सुरु गरिएको हो ।
फिल्ममा रमेश बुढाथोकी सहित प्रकाश घिमिरे, बुद्धी तामाङ, हिमेश पन्त , निमा पाण्डे लगायतका कलाकारहरु प्रमुख भूमिकामा खेल्दैछन । सिनेमाटोग्राफर श्याम तामाङले खिच्ने यो फिल्मलाई यहि बर्षको तिहारमा प्रर्दशन गर्ने लक्ष्य राखिएको कार्यकारी निर्माता बिजय बस्यालको भनाई छ ।
हाल, अत्याधिक गर्मीका वावजुत पनि केही फिल्महरु सुटिङका लागि फ्लोरमा निस्किरहेका छन । हिजो विहिवार देखि दीपक दीपाको छक्का पञ्जा- ५ फ्लोरमा निस्किएको छ भने पूणबहादुरको सारंगी टिम पनि केही दिनमै फ्लोर निस्किदैछ । यसैगरी सुदीप भुपाल सिंह बबीले पनि एक फिल्मको छायाँकन सुटुक्क गरिरहेका छन यतिखेर ।
घर ज्वाइँ टिमले दिईएको जानकारी अनुसार चित्लाङमा तीन हप्ता र बाँकी चितवनको सौराह र ईलामका विभिन्न लोकेशनमा पनि फिल्मको सुटिङ हुँनेछ ।
तसर्थ आजबाट फ्लोरमा निस्किएको ज्वाइँ साबमा अन्य कलाकारहरु प्रोफेशनल छन । सवै पर्फेक्ट छन तर नीति शाह नव हुन । उनको अभिनय निख्खारिन अझै धेरै बाँकी छ । त्यसैले उनले पहिले पहिले जे जति फिल्मको अफर पाईन ती सव उनी राम्री हुनु र लोकप्रिय हुनुको कारण थियो जुन कारण अबका दिनमा उनको हकमा नलाग्न सक्छ ।
उनी सफल हुनका लागि उनले अभिनयलाई नै प्रमुख प्राथमिकतामा राखेर सुधार्नु पर्दछ । खजुरे ब्रोको जस्तो अभिनय र डाइलग डेलिभरीले उनलाई माथि पुर्याउदैन । त्यसैले यो सेकेन्ड चान्स नै अन्तिम चान्स हो भनेर मिहिनेत गरेको खण्डमा मात्र ज्वाइँ साब नीति शाहका लागि बरदान बन्न सक्दछ ।