News & Gossip

सिटी सेन्टरमा महानायकले उद्घाटन गरे 18 D सिनेमा

काठमाण्डौँ । काठमाण्डौँको सिटी सेन्टरमा अत्याधुनिक प्रविधिमा आधारित 18 D सिनेमा सञ्चालनमा आएको छ। नयाँ वर्षको विशेष अवसर पारेर यस सिनेमाको औपचारिक उद्घाटन महानायक राजेश हमालले रिबन काटेर गरेका हुन्। उद्घाटन समारोहमा सहभागी हमालले आफैंले पनि 18 D सिनेमाको अनुभव लिए। पत्रकारहरूसँगको कुराकानीमा उनले भने ” १८ डी प्रविधिबाट हरेक …

Read More »

‘समर लभ’का आशिष पिया पुनः फिल्म अभिनयमा देखिने

काठमाण्डौँ ।   समर लभ  फिल्म मार्फत नेपाली रजतपटमा पाइला टेकेका अभिनेता आशिष पिया पाँच वर्ष पछि पुनः फिल्म अभिनयमा देखिने भएका छन ।  आगामी भदौ देखि नेपाल र अष्ट्रेलियामा छायांकन हुने फिल्म अमिगोसबाट  पुनः उनी रजतपटमा देखिन लागेका हुन । अष्ट्रेलियामा ७० प्रतिशत र बाँकी नेपालमा छायाँकन हुने पियाको अमिगोस  लाई मार्केन्डे डिपविम बस्नेत (मार्कु) ले निर्देशन गर्नेछन …

Read More »

आइफोनबाट फिल्म बनाएका जेसनले बुसान फिल्म स्कूलमा स्कर्लरसिप पाए

काठमाडौं ।  पहिलोपटक आइफोन प्रयोग गरेर खिचिएको फिल्म A Place Under the Sun निर्देशन गरेर चर्चा कमाएका युवा निर्देशक जेसन लोप्चनले विश्वप्रसिद्ध बुसान एसियन फिल्म स्कूल (AFiS) को स्कर्लरसिपमा स्थान पाएका छन्। बुसान, दक्षिण कोरियामा अवस्थित Asian Film School (AFiS) एसिया तथा विश्वभरका युवा फिल्मकर्मीहरूको लागि उच्च स्तरको फिल्मनिर्माण तालिम …

Read More »

के घर के डेरा – घर नम्बर २ को मन छुने टिजर

काठमाण्डौँ । युवा पुस्ता माँझ निकै नै लोकप्रिय रहेका साहित्यकार बुद्धीसागरले लेखेको स्क्रिप्ट माथि बनेको पहिलो फिल्म के घर के डेरा – घर नम्बर २ को मार्मिक टिजर सार्वजनिक भएको छ । जेठ २ गते देखि प्रर्दशनमा आउँने यस फिल्मको टिजर यति सम्म ईमोश्नल छ कि मानौ भोलिका दिनमा पुरै …

Read More »

जारको ट्रेलर हेर्दा फिल्म राम्रो बनेको संकेत

काठमाण्डौँ । आउँदो बैशाख २६ गते देखि प्रर्दशनमा आउँने फिल्म जारको ट्रेलर राम्रो निस्किएको छ । ट्रेलर हेर्दा यस फिल्मका मेकरले साहित्यकार ईन्द्र बहादुर राईको कृति माथि न्याय गर्न खोजेको संकेत देखिन्छ । दार्जेलिङका नेपाली भाषी साहित्यकार राईको अमर कृति जार माथि यो फिल्म बनाईएको हो जसमा सौगात मल्ल, अनुप बिक्रम …

Read More »

मिस एण्ड मिस्टर जुनियर एण्ड सिनियर आइडल सिजन २” को औपचारिक घोषणा

काठमाडौं ।  स्पार्कल इन्टरटेन्मेन्टले “मिस एण्ड मिस्टर जुनियर एण्ड सिनियर आइडल सिजन २” को औपचारिक घोषणा गरेको छ। संस्थाकी सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा हुँदै आएको यो  कार्यक्रमले बाल प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने उद्धेश्य राखेको छ ।  यसपटकको प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूले भाग लिन …

Read More »

होस्टेल ३ का रिहानले साम्राज्ञीसँग फिल्म खेल्ने मौका पाए : तर घोषणा नगर्दै टाइटल विवादमा

काठमाण्डौँ ।  होस्टेल – ३ बाट नेपाली रजतपटमा भित्रिएका नव अभिनेता गिरीले अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहसँग फिल्म खेल्ने मौका पाएका छन । होस्टेलमा गरेको प्रसंसनीय अभिनयका कारण उनलाई निर्देशक अनिल संग्रौलाले साम्राज्ञीको जोडी बनाउँने निर्णय गरेका हुन । बताईए अनुसार उनीहरुले खेल्ने फिल्मको नाम अवतार राखिएको छ । यो …

Read More »

कार्तिक २१ मा ‘कल्ली’ लाग्ने : जेरीका निर्माताले पनि भने तिहारमा भेटौँ है

काठमाण्डौँ । नेपाली फिल्म क्षेत्रका लागि बर्ष २०८२ निकै रोचक र प्रतिष्पर्धात्मक हुने भएको छ । नयाँ बर्ष  सुरु हुन नपाउँदै बर्ष २०८२ को कार्तिक महिनाका लागि निर्माताहरुले धमाधम प्रर्दशन मिति घोषणा गर्न थालेका छन । अन्य समयमा उपयुक्त विदा नपाइने डरले निर्माताहरूले फिल्मको रिलिज डेट बुक गर्न थालेका हुन । …

Read More »

वरिष्ठ बलराम र कुस्तीको छायांकन सम्पन्न, पहाडको यूनिट काठमाण्डौँ फिर्ता

काठमाडौँ – महिना दिनअघि फ्लोरमा गएका दुई फिल्म  ‘वरिष्ठ बलराम’ र ‘कुस्ती’ को छायांकन कार्य सम्पन्न भएको छ ।  हिजै मात्र दयाहाङ र विजय बराल शिर्ष भूमिकामा रहेको फिल्म बरिष्ठ बलराम तथा धीरज मगर र मिरुना मगरको मुख्य भूमिकामा रहेको फिल्म कुस्तीको छायाँकन सकिएको हो । सुरेन्द्र पौडेलको निर्देशनमा तयार …

Read More »

ट्रायल शो हेरेपछि पिताम्बरलाई हल सञ्चालक मैनालीद्वारा ४.५ स्टार रेटिङ : तर कर्मालाई बायस हुँदैन र ?

काठमाडौँ — काठमाडौँको दरबारमार्गस्थित क्यू.एफ.एक्स राइजिङ मल र समाखुशी स्थित क्यू.एफ.एक्स सिटिस्क्वायरका सञ्चालक  सुमित मैनालीले नेपाली फिल्म पिताम्बर को ट्रायल शो हेरेपछि सामाजिक सञ्जालमार्फत फिल्मको मुक्तकण्ठले प्रशंसा गरेका छन्। सोमबार दिउँसो सिटिस्क्वायर मलमा आयोजित ट्रायल शोमा सहभागी भएका मैनालीले फिल्मका केही दृश्यहरु फेसबुकमा पोस्ट गर्दै फिल्मको निकै खुलेर प्रशंसा गरेका …

Read More »