ह्रस्व दीर्घको सेट बबाल तर गीत ?

काठमाण्डौँ । सयौँ हातहरु जोडिएका मिहिनेतमा यसरी एउटा पत्रकारले  फ्याट्ट प्रश्न गरिहाल्न त मिल्दैन । तर कामनै प्रश्न गर्ने ठाउँमा भएपछि अलि अलि प्रश्न त गर्ने पर्यो नि । प्रश्न र जिज्ञासा चित्त नबुझेमा माफ पाउ । किन कि आज हामी हरिहर अधिकारी र नीता ढुंगानालाई मात्र प्रश्न गर्दैनौ समग्र फिल्मकर्मीहरुलाई प्रश्न गर्दछौँ जसले धमाधम फिल्म निकालिरहनु भएको छ । अझ भनौ फिल्मका गीत ।

खुव मिहिनेतका साथ सार्वजनिक भईरहेका नयाँ नयाँ फिल्मी गीतहरुलाई नियालेर हेर्ने हो बोक्सीको घरको ब्लकबष्टर  र गाउँ आएको बाटोको राई माईलाले गाउँ छाड्यो रे हिट भएपछि कुनै पनि फिल्मी गीतले बजार पिट्न सकिरहेका छैनन ।  अपेक्षा अनुरुप संगीत पक्ष कमजोर भईदिदा फिल्मी गितहरु नोटिस्ड भईरहेका छैनन । यो बीचमा थुप्रै फिल्मका गीतहरु बजारमा आईरहदा आज हनि जोडीको फिल्म ह्रस्व दीर्घको गीत पनि बाहिरिएको छ ।

चमकदार सेटमा खिचिएको गीतको झलक बबाल देखिएको छ तर अडियो भने सेट अनुरुपको सुनियो कि सुनिएन प्रश्न गर्ने ठाउँ चाँहि छाडिदिएको छ । सुधारिएका दुर्गेश थापाले तयार गरेको गीतमा अझै जोश, अझै मिठास र अझै राम्रो रिदम भईदिएको भए यो गीतले मार्केटमा अर्को हिस्ट्री कायम गर्ने थियो यध्यपी दुर्गेशबाट निस्किएको यस्तो सृजनाको सुरुवातको तारिफ चाँहि गर्ने पर्छ अन्यथा पाप लाग्छ कृष्णको । हामीले भन्न खोजेको चाँहि के हो भने शब्दहरुको फुलबुट्टा अझै भरेर गीत बनाएको भए सुनमा सुगन्ध हुने थियो ।

गायिका सदीक्षा कट्टेलको सुमधुर आवाजको साथमा दुर्गेश पनि बीच्च बीच्चमा सुनिएका छन । क्यामेरा वर्क व्रिलियन्ट छ । कोरियोग्राफर सुस्मा सुनामले भरपुर मिहिनेत गरेकी छिन । तर खेल्ने ठाउँहरुमा कोरसहरु सँग अझै खुलेर खेलिदिएको भए उनको पनि कामको प्रशंसा अझ उच्चकोटीको हुने थियो भन्ने हामीलाई लागेको छ । जे होस निर्माणतका देखिनै चर्चामा रहेको यो फिल्म आउँदो असोज ३ गते देखि प्रर्दशनमा आउँदैछ । हेर्नुहोस यस्तो बनेको छ गीत ।

 

Leave a Reply