फिल्म ‘युग’को ३५ दिनमा सकियो छायांकन

काठमाडौं । नेपाली फिल्म ‘युग’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। करिब ३५ दिन लगाएर पोखरा र मुस्ताङका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको अन्तिम गीतको छायांकन सकिएसँगै निर्माण टिमले ‘इन्डक्ल्याप’ गरेको हो।

हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खनाल, दिक्पाल कार्की, गीता अधिकारी, तारा केसी, सुरवीर पण्डित, टिना आले मगर, सानु थापा मगर, ज्योतिका राना, सुमन थापा र गणेश सुजी लगायतका कलाकारको अभिनय छ। हिमानी सुब्बा र अभिषेक खड्काले यही फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछन्।

कोमलनाथ खतिवडाको निर्देशन रहेको ‘युग’को कथा, पटकथा तथा संवाद पनि खतिवडाकै हो। फिल्मका निर्माता सुरेश तुमाहाम्फे र टेमनबहादुर आले हुन्।

निर्माण पक्षले हालसम्म फिल्मका कलाकारका क्यारेक्टर लुक्स सार्वजनिक गरेको छैन। पोस्ट प्रोडक्सनको कामसँगै निर्माण पक्षले चाँडै पोस्टर र प्रदर्शन मिति सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

Leave a Reply