काठमाडौं। आज शुक्रबारदेखि दुई नेपाली फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएका छन्। फरक कथावस्तुमा बनेका यी दुई फिल्म एकैदिन रिलिज भएपछि बक्स अफिसमा प्रतिस्पर्धा सुरु भएको छ। निर्देशक उपेन्द्र सुब्बा को निर्देशनमा बनेको ‘जारी २’ लिम्बू समुदायको जीवनशैली, संस्कृति …
Read More »Film
´अभिमन्यु : च्याप्टर–१’ को नयाँ प्रदर्शन मिति सार्वजनिक, मंसिर १८ मा रिलिज हुने
काठमाडौं । पटकपटक प्रदर्शन मिति स्थगन भएको फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ ले अन्ततः नयाँ रिलिज डेट लक गरेको छ । निर्माणपक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै अब यो फिल्म मंसिर १८ गते बाट प्रदर्शनमा आउने घोषणा गरेको छ । जेनजी आन्दोलन, बाढी पहिरो तथा अन्य फिल्मको बाक्लो लाइनअपका कारण यसअघि पूर्वनिर्धारित …
Read More »‘सिनेमा पाठशाला’ को ब्यानरमा ‘कंगाल करोडपति’ निर्माण हुने
काठमाडौं । सिनेमा पाठशालाको ब्यानरमा नयाँ नेपाली फिल्म ‘कंगाल करोडपति’ निर्माण हुने भएको छ । आज राजधानी काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय रहेका राजु श्रेष्ठ को यो डेब्यु निर्देशन हो । उनी नै फिल्मको निर्माताको रूपमा पनि …
Read More »वर्ष २०८२ को सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्यो ‘जेरी अन टप’
काठमाडौं । गत असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ वर्ष २०८२ सालको सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्न सफल भएको छ । घरेलु बक्सअफिसमा बुधबारसम्म फिल्मले ११ करोड ४३ लाख माथिको कलेक्सन गरेको छ । गत बैशाख अन्तिम साता प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’ नेपाली बक्सअफिसमा ११ …
Read More »´ जारी २’ ले पायो ‘युनिभर्सल’ सर्टिफिकेट, उत्कृष्ट साउण्डका लागि हललाई ‘टेस्ट रन’ गर्न अनुरोध
काठमाडौं । भोलि (कार्तिक २१ गते) शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ (U) सर्टिफिकेट प्राप्त गरेको छ । यससँगै सबै उमेर समूहका दर्शकले यो फिल्म हेर्न पाउनेछन् । फिल्म हेरेका सेन्सर बोर्डका पदाधिकारीले लिम्बू समुदायको कथामा बनेको ‘जारी …
Read More »आना शर्माको मुख्य भूमिका रहेको ‘रमिताको पिरती’ को फस्टलुक सार्वजनिक
काठमाडौं । फिल्म ‘रमिताको पिरती’ को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । सुदिप्ताको निर्देशनमा तयार भएको यो फिल्म आगामी माघ २३ गते बाट रिलिज हुनेछ । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो । यो फिल्ममा नायिका आना शर्मा मुख्य भूमिकामा छिन् । फस्टलुकमा …
Read More »‘पीआर’को ‘टाटा बाइ बाइ’ गीत रिलिज
काठमाडौं। आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले आइतबार फिल्ममा समावेश गीत सान्भी इन्टरटेनमेन्ट युटुबबाट रिलिज गरेको हो। गीतमा फिल्मका मुख्य कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्य हेर्न सकिन्छ, भने दिक्पाल कार्की र विनिता कार्कीलाई बेहुला–बेहुलीको …
Read More »पारिवारिक कथावस्तुमा बनेको ‘हर्ष’ को ट्रेलर सार्वजनिक
काठमाडौं । एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘हर्ष’ को ट्रेलर मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । पारिवारिक कथावस्तुमा निर्माण भएको यो फिल्मको ट्रेलर २ मिनेट ५१ सेकेण्ड लामो छ । ट्रेलरले एउटा परिवारमा छोराको विवाहपछि आउने उतारचढावलाई देखाएको छ । यसले गर्दा लामो समयपछि …
Read More »माउथ पब्लिसिटीको प्रभाव, भोलि सर्वाधिक शो पाउनेमा ‘परान’ बन्यो पहिलो
काठमाडौँ । कार्तिक १४ गते रिलिज हुँदा केवल ६४ शो पाएको ‘परान’ सिनेमाले बलियो वर्ड अफ माउथ पाउँदा भोलि बुधबार सर्वाधिक शो संख्या आफ्नो पक्षमा पारेको छ । पहिलो दुई दिन उत्साहजनक व्यापर गर्न नसकेको ‘परान’ले रिलिजको छैटौं दिन आउँदा हाल नेपाली सिनेमा हलहरुमा प्रदर्शनरतः नेपाली तथा विदेशी सिनेमाहरुलाई पछाडि …
Read More »बालमनोविज्ञानमा आधारित फिल्म ‘रोल नं. १’ का लागि बाल कलाकारको अडिसन आह्वान
काठमाडौं । बालमनोविज्ञानमा आधारित नेपाली कथानक फिल्म ‘रोल नं. १’ का लागि निर्माणपक्षले बाल कलाकारहरूको अडिसन आह्वान गरेको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो फिल्मका लागि निर्माण समूहले सामाजिक सञ्जालमार्फत ७ देखि १२ वर्ष उमेर समूहका प्रतिभाशाली बालबालिकाहरूको खोजी गरिरहेको जनाएको छ। फिल्ममा विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, …
Read More »
News Filmy Newsportal / Nepal
