काठमाडौं । निर्देशक टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा बनिरहेको फिल्म ‘मन बिनाको धन–२’को काठमाडौं उपत्यकामा पहिलो चरणको छायांकन पूरा भएको छ। भदौ ४ गतेदेखि सुरु भएको छायांकन २४ दिनमा सकिएको हो।
भदौ ३ गते शुभमुहूर्त गरिएको फिल्मको काठमाडौं चरणको छायांकन सकिएसँगै निर्माण टोली मुस्ताङ जाने तयारीमा जुटेको छ। केही दिनपछि मुस्ताङमा फिल्मका महत्वपूर्ण दृश्य छायांकन गरिने निर्माण पक्षले जनाएको छ।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, ए.आर. बुढाथोकी, राजाराम पौडेल, किरण केसी, लक्ष्मी गिरी, प्रकाश घिमिरे, निर्मल शर्मा, रश्मिला तामाङ, प्रभातपाल ठकुरी र शंकर श्रेष्ठलगायत कलाकारको अभिनय छ।
परिवार, सम्बन्ध र भावनात्मक पक्षलाई केन्द्रमा राखिएको फिल्मको कथा निर्देशक बुढाथोकीले तयार पारेका हुन्। शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको फिल्ममा संगीत पनि बुढाथोकीकै रहनेछ।
विष्णुमाया मैनाली बुढाथोकी निर्माता रहेको फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका छन्। मित्र डी. गुरुङ सम्पादन र रेनिश फागो कलरिङमा छन्।
फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन तथा शुक्रराज शाहको द्वन्द्व निर्देशन रहेको छ। नवराज शर्मा मुख्य सहायक निर्देशक र भोला सुवेदी ‘प्रनाप’ प्रोडक्सन म्यानेजरका रूपमा कार्यरत छन्।
News Filmy Newsportal / Nepal