टोरन्टो — क्यानेडाको सवै भन्दा ठूलो शहर टोरन्टोमा प्रत्येक बर्ष हुँदै आएको टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (TIFF) ले आफ्नो चर्चित ‘मिडनाइट म्याडनेस’ खण्डअन्तर्गत २०२६ का फिल्महरूको लाइनअप सार्वजनिक गरेको छ।
सेप्टेम्बर १० देखि २० सम्म टोरन्टोमा आयोजना हुन लागेको ५१औँ संस्करणमा हरर, एक्सन, डार्क कमेडी, साइकोलोजिकल थ्रिलरदेखि प्रयोगात्मक फिल्मसम्मका विविध विधाका १० फिल्म यस खण्डमा समेटिएका छन्।
यस वर्षको ‘मिडनाइट म्याडनेस’मा १० देशमा निर्माण भएका ६ वटा फिल्मको विश्व प्रिमियर हुनेछ। दर्शकमाझ विशेष लोकप्रिय रहेको यो खण्ड टोरन्टोस्थित रोयल अलेक्जान्ड्रा थिएटरमा राति ११ः५९ बजे हुने विशेष मध्यरात्री प्रदर्शनका लागि चर्चित छ।
‘मिडनाइट म्याडनेस’अन्तर्गत यस वर्ष दुई विशेष प्रदर्शन समेत हुनेछन्। ‘The Wailing’ का निर्देशक ना होङ-जिनको साइन्स फिक्सन एक्सन थ्रिलर ‘Hope’, जसमा Hwang Jung-min, Zo In-sung र Jung Hoyeon मुख्य भूमिकामा छन्, सेप्टेम्बर ९ मा विशेष प्रदर्शन गरिनेछ।
त्यस्तै, लेखक तथा निर्देशक Curry Barker को चर्चित फिल्म ‘Obsession’ लाई सेप्टेम्बर ११ मा विशेष प्रदर्शनमार्फत पुनः प्रस्तुत गरिनेछ।
निर्देशक जोशुआ जुलियानोको ‘River’ ले ‘मिडनाइट म्याडनेस’को उद्घाटन गर्नेछ भने निर्देशक डंकन जोन्सको ‘Rogue Trooper’ समापन फिल्मका रूपमा प्रदर्शन हुनेछ। त्यस्तै, ‘The Love Witch’ का निर्देशक अन्ना बिलरको लामो प्रतीक्षापछि आएको नयाँ फिल्म ‘The Face of Horror’ को विश्व प्रिमियरसमेत यही खण्डमा हुनेछ।
यसैगरी, निर्देशक पाओलो स्ट्रिपोलीको साइकोलोजिकल थ्रिलर ‘The Spiral’ को अन्तर्राष्ट्रिय प्रिमियर पनि TIFF मा हुनेछ। महोत्सवको पूर्ण कार्यक्रम तालिका अगस्ट ११ मा सार्वजनिक हुने आयोजकले जनाएको छ।
Anchors Aweigh — Matt Barats, अमेरिका — अन्तर्राष्ट्रिय प्रिमियर
Arrested Memory — SABU, ताइवान/जापान — उत्तर अमेरिकी प्रिमियर
HALF — Samjad, भारत — विश्व प्रिमियर
Kick On — Nick Kozakis, अष्ट्रेलिया — विश्व प्रिमियर
Ladies and Gentlemen, Brian Mulroney — Matthew Rankin, क्यानडा — विश्व प्रिमियर
River — Joshua Giuliano, अमेरिका — विश्व प्रिमियर तथा उद्घाटन फिल्म
Rogue Trooper — Duncan Jones, बेलायत — उत्तर अमेरिकी प्रिमियर तथा समापन फिल्म
The Face of Horror — Anna Biller, बेलायत — विश्व प्रिमियर
The Spiral — Paolo Strippoli, इटाली/फ्रान्स/बेल्जियम — अन्तर्राष्ट्रिय प्रिमियर
Vintage Violence — Eugene Kotlyarenko, अमेरिका/जापान — विश्व प्रिमियर
‘Hope’ र ‘Obsession’ को विशेष प्रदर्शन
News Filmy Newsportal / Nepal