मंसिर ४ मा प्रदर्शन हुँदै ‘जलाकी’

काठमाडौं । अभिनेता र अभिनेत्री अभिनित फिल्म ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले शुक्रबार मुख्य कलाकारलाई समेटिएका पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

निर्देशित फिल्म ‘खुश्मा’पछि उनको दोस्रो निर्देशकीय कथानक हो। सार्वजनिक पोस्टरमा सोनम र उपासनालाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ।

निर्देशक थापामगरका अनुसार ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीक मानिने ढुंगाको स्तम्भलाई जनाउने शब्द हो। यही सांस्कृतिक प्रतीकलाई आधार बनाएर फिल्ममा मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावनालाई प्रस्तुत गरिएको छ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा , , माओत्से गुरुङलगायत कलाकारको अभिनय छ। निर्माता ओम घर्तीमगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर, मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्।

Leave a Reply