काठमाडौं । आगामी साउन २९ गते प्रदर्शनमा आउने फिल्म ‘लज्जावती’का पाँच क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार एकैसाथ पोस्टर सार्वजनिक गर्दै मुख्य पात्रहरूको फरक–फरक लुक्स सार्वजनिक गरेको हो।
पोस्टरमा , जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला र मेनुका माझीलाई विभिन्न परिवेशमा प्रस्तुत गरिएको छ। केही पोस्टरले प्रेम सम्बन्धलाई संकेत गर्छन् भने अन्यमा परिवार, संघर्ष र ग्रामीण जीवनका पक्ष झल्किएका छन्।
निर्माण पक्षका अनुसार पोस्टरमार्फत फिल्मको प्रेम, परिवार, सम्बन्ध र सामाजिक कथावस्तुको झल्को दिने प्रयास गरिएको छ।
लिखित तथा निर्देशित फिल्म आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको हो। फिल्ममा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, धिरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा र विनोद श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ।
फिल्मका निर्माता कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया हुन् भने कार्यकारी निर्माता दिनेश बुढाथोकी रहेका छन्। दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्म साउन २९ गतेदेखि प्रदर्शनमा आउनेछ।
News Filmy Newsportal / Nepal



