काठमाडौं । आगामी भदौ १२ गते प्रदर्शनमा आउने फिल्म ‘पार्वती’को पहिलो रत्यौली गीत ‘नौतुनाको रेलैमा’ सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार ओएसआर युट्युब च्यानलमार्फत गीत रिलिज गरेको हो।
गीतको भिडियोमा , , अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठको नृत्य देख्न सकिन्छ। विवाहमा खेलिने रत्यौलीलाई केन्द्रमा राखेर तयार गरिएको भिडियोमा दीपाश्री पुरुषको भेषमा प्रस्तुत भएकी छन्।
गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर, हर्क साउदको शब्द तथा को संगीत रहेको छ। संगीत संयोजन, मिक्सिङ र मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन् भने कोरियोग्राफी ले गरेका छन्।
‘पार्वती’ नीता ढुङ्गानाको कथा तथा निर्देशनमा बनेको फिल्म हो। फिल्ममा नीता, दीपाश्री, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।
फिल्मको पटकथा शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बराल डीओपी रहेको फिल्मका निर्माता हरिहर अधिकारी हुन् भने कार्यकारी निर्माता शंकर पाण्डे रहेका छन्। साहिल खानले सम्पादन गरेका फिल्म भदौ १२ गतेदेखि प्रदर्शनमा आउनेछ।
News Filmy Newsportal / Nepal