काठमाडौं । प्रदीपकुमार चौधरी निर्देशित डेब्यु फिल्म ‘तरंग’ आगामी १८ मंसिरदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
देवदत क्रियशनको ब्यानरमा बनेको फिल्मको वितरण श्रीराम बालाजी फिल्मले गर्नेछ। सार्वजनिक पोस्टरमा वरुण अधिकारी, रविना केसी, बारात लिम्बु र कृष्ण थापा देखिएका छन्।
फिल्ममा सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र प्रन्शु चौधरीको पनि अभिनय रहेको छ।
तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माताका रूपमा रहेका फिल्मका कार्यकारी निर्माता हरिनारायण चौधरी हुन्। महेश पौडेलको छायांकन, सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको एक्सन तथा मनोज थापामगर, पवन गिरी र मनोज महतोको संगीत रहेको फिल्म मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीमा छायांकन गरिएको हो।
निर्देशक चौधरीका अनुसार ‘तरंग’ समाजमा प्रचलित प्रेमकथाभन्दा फरक प्रकृतिको अलौकिक प्रेमकथामा आधारित फिल्म हो।
News Filmy Newsportal / Nepal