फिल्म ‘बाटुलो जून’को छायांकन सम्पन्न

काठमाडौं। निर्देशक भुवन केसीको आगामी फिल्म ‘बाटुलो जून’को छायांकन सम्पन्न भएको छ। अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत फिल्मको छायांकन सकिएको जानकारी दिएका हुन्।

 

अनमोलले छायांकनका क्रममा खिचिएको तस्बिर सार्वजनिक गर्दै एक वर्ष लामो यात्रापछि फिल्मको काम सम्पन्न भएको उल्लेख गरेका छन्। ‘एक वर्षको समर्पण, मेहनत र अविस्मरणीय सम्झनापछि हाम्रो काम अन्ततः सम्पन्न भएको छ,’ उनले लेखेका छन्।

 

अनमोलले सार्वजनिक गरेको तस्बिरमा निर्देशक भुवन केसी र अभिनेत्री प्रिन्सी खतिवडा पनि देखिएकी छन्। अन्तिम दृश्य वर्षामा छायांकन गरिएकाले उनीहरू भिजेको अवस्थामा देखिन्छन्।

 

फिल्मको अन्तिम चरणको छायांकन नुवाकोटमा गरिएको जनाइएको छ।

 

‘बाटुलो जून’पछि अनमोल झरना थापाको निर्देशन रहने फिल्म ‘ए मेरो हजुर ५’को तयारीमा जुट्नेछन्।

Leave a Reply