वासिङ्टन डीसी – अमेरिकामा बसोबास गर्ने नेपाली महिलाहरूको संस्कृति, नेतृत्व र क्षमतालाई प्रवद्र्धन गर्दै आएको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता …मिस नेपाल नर्थ अमेरिका २०२६ को नवौँ संस्करणको उत्कृष्ट २० फाइनलिस्टहरूको नामावली सार्वजनिक भएको छ ।
आयोजक संस्था ड्रीम्स यूनिभर्सल एल.एल.सीका अध्यक्ष शैलेन्द्र श्रेष्ठका अनुसार यस पटकको संस्करणमा सेना, स्वास्थ्य सेवा, नर्सिङ, इन्जिनियरिङ, पाइलट, सूचना प्रविधि , उद्यमशीलता तथा सामाजिक क्षेत्रजस्ता विविध व्यावसायिक र शैक्षिक पृष्ठभूमिबाट प्रतिस्पर्धीहरु आएका छन्।
विगतका वर्षहरूमा न्यूयोर्कमा हुँदै आएको यो प्रतियोगिता यस पटक भने अमेरिकाको राजधानी वासिङ्टन डीसीमा आयोजना हुन गइरहेको छ ।
अमेरिकाले आफ्नो स्थापनाको २५०औँ वर्षगाँठ मनाइरहेको ऐतिहासिक अवसरमा प्रतियोगिता राजधानी डीसीमा आयोजना गरिनुलाई विशेष महत्तवका साथ हेरिएको र अमेरिकी मूलधारमा नेपाली समुदायको बढ्दो उपस्थिति, पहिचान र योगदानलाई थप उजागर गर्ने विश्वास लिइएको छ आयोजक प्रमुख श्रेष्ठको भनाई छ ।
प्रतियोगिताको ग्राण्ड फिनाले आगामी जुलाई २५, -(२०८३ –साउन ९ गते ) वासिङ्टन डीसीमा भव्य रूपमा आयोजना हुनेछ । जसमा जज प्यानलबाट सहभागी हुन नेपालबाट थ्रुप्रै सेलिब्रेटीहरु पनि उपस्थित हुनेछन् ।
विजेताले …मिस नेपाल नर्थ अमेरिका २०२६ को प्रतिष्ठित उपाधिसँगै छात्रवृत्ति तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली समुदायको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । मुख्यत : प्रतियोगिताको टाइटल जित्ने प्रतियोगिले आगामी बर्ष नेपालमा हुने मिस नेपाल २०२७ को फाइनल राउन्डमा स्वत प्रवेश पाउँनेछन् । फाइनलिष्टहरुको नामावली यस प्रकार छ ।
१. आयशा थापा – केन्टकी
२. अनामिका खड्की – साउथ क्यारोलिना
३. अनामिका श्रेष्ठ – मिसिगन
४. बिबिका कोइराला – मेरील्याण्ड
५. दिपिका शर्मा – म्यारील्याण्ड
६. जिया थापामगर – टेक्सस
७. ईशा सिंह – ओहायो
८. ज्योत्स्ना क्षेत्री – टेक्सस
९. मोबिशा लामा – न्यूयोर्क
१०. प्राप्ति श्रेष्ठ – नेभाडा
११. प्रियाशा देवकोटा – टेक्सस
१२. रेश्मा निरौला – टेक्सस
१३. रिया मल्ल – भर्जिनिया
१४. रिम्सा थापा – भर्जिनिया
१५. रोज्जा खरेल – न्यूयोर्क
१६. रुजु गिरी – भर्जिनिया
१७. शब्या विष्ट – टेनेसी
१८. स्वस कारखेती – वासिङ्टन डीसी
१९. टेरिसा बान – वासिङ्टन डीसी
२०. उपासना अधिकारी – भर्जिनिया
News Filmy Newsportal / Nepal
