‘तीन तिघ्रे क्या बिग्रे’बाट समिया कार्कीको फिल्ममा डेब्यु

काठमाडौं। टेलिचलचित्र ‘सीता’बाट चर्चा कमाएकी कलाकार समिया कार्की अब ठूलो पर्दामा देखिने भएकी छन्। रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’मा उनी मुख्य भूमिकाका लागि अनुबन्धित भएकी हुन्।

May be an image of text

दर्जनौँ म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी समियाले यसै फिल्ममार्फत नेपाली सिनेमामा डेब्यु गर्न लागेकी हुन्। मुख्य भूमिकामा अभिनय गर्ने अवसर पाएकोमा उनी उत्साहित रहेको जनाइएको छ।

फिल्ममा चर्चित गायक पशुपति शर्मा र गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त पनि मुख्य भूमिकामा देखिनेछन्। यी दुवै कलाकारका लागि पनि यो डेब्यु सिनेमा हुनेछ।

May be an image of ‎text that says '‎ॐ RAGHUJEE FILMS MS ロれー तीन तीघ क्या बिग्र. سالعسام‎'‎

अमरदीप सापकोटाको निर्देशनमा बन्न लागेको सिनेमा कमेडी जनरामा आधारित रहनेछ। निर्देशक सापकोटाका अनुसार हास्य, मनोरञ्जन र समसामयिक विषयवस्तुको संयोजनमा फिल्म निर्माण गरिनेछ।

Leave a Reply