नेपालमा पहिलोपटक एनिमेसन फिल्म महोत्सव हुने

काठमाडौं। नेपाल एनिमेसन र भीएफएक्स कलाकार संघले पहिलोपटक एनिमेसन फिल्म महोत्सव आयोजना गर्ने भएको छ। चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा महोत्सवको घोषणा गरिएको हो।

 

आगामी अक्टोबरमा आयोजना हुने महोत्सवको मुख्य विषय ‘मैले देखेको नेपाल’ तय गरिएको छ। सोही अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले महोत्सवको आधिकारिक मस्कट ‘आफ्फे’ सार्वजनिक गरे। डाँफेबाट प्रेरित उक्त मस्कटले नेपाली कलाकारको सिर्जनशीलता र कल्पनाशीलतालाई प्रतिनिधित्व गर्ने आयोजकको भनाइ छ।

 

महोत्सवमा एनिमेटेड लघु फिल्म प्रदर्शन, कन्सेप्ट आर्ट च्यालेन्ज तथा विभिन्न प्रतियोगिता समावेश गरिनेछन्। आयोजकले दुईदेखि १० मिनेट अवधिका एनिमेसन तथा भीएफएक्समा आधारित छोटा फिल्मका लागि आवेदनसमेत आह्वान गरेको छ।

 

कार्यक्रममा संघले एनिमेसन तथा भीएफएक्स क्षेत्रमा रोजगारी खोज्ने कलाकार र जनशक्ति आवश्यक भएका स्टुडियोलाई जोड्ने ‘करिअरबोर्ड’ अनलाइन पोर्टल सञ्चालनमा ल्याउने तथा एनिमेसन विषयमा स्नातक तहको शैक्षिक कार्यक्रम सुरु गर्ने योजना पनि सार्वजनिक गरेको छ।

Leave a Reply