दर्शकको मागपछि ‘सेतो धरती’ पुनः मञ्चन हुने

काठमाडौं। मदन पुरस्कार विजेता कृति ‘सेतो धरती’मा आधारित नाटक पुनः मञ्चन हुने भएको छ। कान्तिपुर थिएटरले शुक्रबारदेखि नाटकलाई पुनः मञ्चन गर्न लागेको हो।

थिएटर प्रमुख प्रकाश पुरीका अनुसार दर्शकको मागका कारण नाटक असार १६ गतेसम्म मञ्चन गरिनेछ। अभिनेत्री बेनिशा हमालको रंगमञ्च डेब्यु रहेको नाटक यसअघि वैशाख १९ गतेसम्म मञ्चन भएको थियो। त्यतिबेला करिब ६ हजार दर्शकले नाटक हेरेका थिए।

अमर न्यौपानेको चर्चित कृतिमा आधारित नाटकमा बेनिशाले शीर्ष भूमिका निर्वाह गरेकी छन्। सुन्दर धिताल निर्देशित नाटकमा कान्तिपुर थिएटरका ३० कलाकारको अभिनय रहेको छ।

कान्तिपुर थिएटरमा हालै ‘महाभारत’को मञ्चन सम्पन्न भएको थियो। अब ‘सेतो धरती’पछि विश्वेश्वरप्रसाद कोइरालाको कृति ‘तीन घुम्ती’मा आधारित नाटक मञ्चन गर्ने तयारी गरिएको छ।

Leave a Reply