काठमाडौं। आगामी असोज २ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘झिंगे दाउ २’का तीन नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसँगै निर्माण पक्षले फिल्मको औपचारिक प्रचार अभियान सुरु भएको जनाएको छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्ममा सुलभ प्रतीक, प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ। सार्वजनिक पोस्टरहरूले फिल्मका पात्र, दशैंको परिवेश र कथाको विभिन्न पक्षलाई प्रस्तुत गरेका छन्। एक पोस्टरमा केकी अधिकारी र आँचल शर्मा देखिएका छन् भने अर्कोमा दशैंको माहोल झल्काइएको छ। तेस्रो पोस्टरमा आर्यन सिग्देलसहित मुख्य कलाकारलाई समेटिएको छ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाललगायत कलाकारको अभिनय छ। मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माले विशेष भूमिकामा अभिनय गरेका छन्।
कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा बनेको ‘झिंगे दाउ २’ तीन वर्षअघि प्रदर्शनमा आएको ‘झिंगे दाउ’को सिक्वेल हो।
News Filmy Newsportal / Nepal


