दयाहाङ–मिरुना फेरि एउटै पर्दामा, ‘रातो घेरा’ निर्माण घोषणा

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी पुनः ठूलो पर्दामा देखिने भएको छ। सुपरहिट सिनेमा ‘जारी’पछि यो जोडी नयाँ सिनेमा ‘रातो घेरा’मा एकसाथ देखिन लागेको हो।

विश्राम फिल्म्स प्रालिले शनिबार ‘रातो घेरा’ निर्माणको औपचारिक घोषणा गरेको छ। सिनेमाको निर्देशन अनिल बुढा मगरले गर्नेछन्। निर्माण टिमका अनुसार सामाजिक तथा भावनात्मक कथावस्तुमा आधारित सिनेमाले मनोरञ्जनसँगै सशक्त सन्देश दिनेछ।

पछिल्लो समय नेपाली सिनेमामा रुचाइएको अन–स्क्रिन जोडीका रूपमा स्थापित दयाहाङ र मिरुनाको सहकार्यलाई लिएर दर्शकमाझ उत्साह देखिएको छ।

निर्माण पक्षले सिनेमालाई कथात्मक र प्राविधिक रूपमा सशक्त बनाउने तयारी गरेको जनाएको छ। अन्य कलाकार तथा प्राविधिक टोलीबारे जानकारी भने क्रमशः सार्वजनिक गरिनेछ।

सिनेमाको वितरण अधिकार काफिया फिल्म्स प्रालिले लिएको छ।

Leave a Reply