कर्णालीमा फिल्म छायांकनका लागि १ करोड बजेट छुट्याइने

काठमाडौं। काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले कर्णाली प्रदेश सरकारले नेपाली चलचित्र छायांकन तथा प्रवर्द्धनका लागि १ करोड रुपैयाँ बजेट छुट्याउने सहमति भएको जानकारी दिएका छन्।

कार्यक्रममा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिताको आवेदन अवधि आगामी २०८३ मंसिर १४ गते ९३० नोभेम्बर २०२६० सम्म थप गरिएको घोषणा पनि गरिएको छ। प्रतियोगितामा कर्णाली क्षेत्रको संस्कृति, इतिहास र सामाजिक यथार्थमा आधारित मौलिक नेपाली कथाहरू आमन्त्रण गरिएको छ।

महोत्सव सचिवालयका अनुसार उत्कृष्ट १५ कथा छनोट गरी पटकथा लेखन तालिम प्रदान गरिनेछ भने उत्कृष्ट ३ कथालाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। सोही कार्यक्रममा सिर्जु शाहद्वारा लिखित बैकिनी पुस्तक पनि सार्वजनिक गरिएको थियो।

Leave a Reply