काठमाडौं। महिला सशक्तीकरण, नेतृत्व विकास,आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६–सिजन २’ आयोजना हुने भएको छ।
समारी इन्टरनेशनल इभेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगिताको अडिसन आगामी जेठ २३ गते शनिबार आयोजना गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा अविवाहित महिलाले ‘मिस’ तथा विवाहित महिला, एकल आमा र सम्बन्धविच्छेद गरेका महिलाले ‘मिसेस’ विधामा सहभागिता जनाउन सक्नेछन्।
आयोजकका अनुसार प्रतियोगिताले महिलाहरूलाई आफ्नो प्रतिभा, आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक योगदान प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ। साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्न चाहने महिलाका लागि यो प्रतियोगिता महत्वपूर्ण मञ्च बन्ने विश्वास गरिएको छ।
प्रतियोगितामा सहभागी हुन एक हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ। अडिसनमा छनोट हुन नसकेका सहभागीलाई उक्त शुल्क पूर्ण रूपमा फिर्ता गरिने आयोजकले जनाएको छ।
सहभागिताका लागि आवेदन फाराम अनलाइनमार्फत, क्यूआर कोड स्क्यान गरेर वा अडिसनकै दिन कार्यक्रमस्थलमा पुगेर पनि भर्न सकिने व्यवस्था गरिएको छ।
‘जीवनसाथी खोज्नुहोस्, विश्वाससाथ’ नारासहित सञ्चालन भइरहेको बिहे सेवाको पावर्ड बाइ सहकार्यमा आयोजना हुन लागेको प्रतियोगिताले महिलाहरूमा रहेको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई उजागर गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
समारी इन्टरनेशनल इभेन्ट प्रालिले आयोजना गर्न लागेको यस प्रतियोगिताको मुख्य लक्ष्य महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम, आत्मविश्वासी र प्रभावशाली व्यक्तित्वका रूपमा विकास गर्नु रहेको जनाएको छ।
कार्यक्रमबारे थप जानकारीका लागि ९८६१४५६४७७ र ९७०६६३९१४४ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
News Filmy Newsportal / Nepal