काठमाडौं । सरकारले नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकन तथा सिर्जनात्मक गन्तव्यका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति Ram Chandra Paudel ले मुलुकको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गरिने बताएका हुन् ।
नीति तथा कार्यक्रममा चलचित्र, वृत्तचित्र, फोटोग्राफी तथा डिजिटल सामग्री उत्पादनलाई उद्योगका रूपमा विकास गरिने उल्लेख छ । सरकारले यसमार्फत नेपाली सिर्जनात्मक क्षेत्रलाई आर्थिक र सांस्कृतिक रूपले सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ ।
News Filmy Newsportal / Nepal