काठमाडौं । अभिनेत्री केकी अधिकारी ले नयाँ फिल्म स्टेशन निर्माणको घोषणा गरेकी छन्। नयाँ वर्ष २०८३ को अवसर पारेर उनले फिल्मको थिम पोस्टरसहित औपचारिक घोषणा गरेकी हुन्।
केकी अधिकारीले सामाजिक सञ्जालमार्फत नयाँ फिल्मलाई “सपना र कथाको नयाँ यात्रा” भन्दै प्रस्तुत गरेकी छन्। उनले बदलिँदो समयसँगै फरक कथा लिएर आउने बताएकी छन्।
गत वर्ष सफल फिल्म बोक्सीको घर ल्याएको टिमसँग सहकार्य गर्दै बनाइने यस फिल्मको निर्देशन सुलक्षण भारती ले गर्नेछन् भने निर्मातामा बद्री अधिकारी रहेका छन्।
फिल्मको थिम पोस्टरले सामाजिक ड्रामाको संकेत गरेको छ। निर्माण पक्षका अनुसार फिल्म आगामी भदौ १९ गते देशव्यापी प्रदर्शनमा आउनेछ। कलाकार र प्राविधिक टिमबारे भने पछि जानकारी दिइने जनाइएको छ।
News Filmy Newsportal / Nepal