जिग्री–दीपकबीच मिलाप, ‘चिरञ्जीवी भवः’मा सहकार्य

काठमाडौँ । कलाकार कुमार कट्टेल ‘जिग्री’ र दीपककुमार आचार्य बीचको पुरानो विवाद अन्त्य हुँदै पुनः सहकार्यको तयारी भएको छ। नयाँ वर्षको अवसरमा घोषणा गरिएको फिल्म चिरञ्जीवी भवः मा उनीहरू सँगै काम गर्ने भएका हुन्।

यसअघि कथाको क्रेडिट नदिएको विषयमा असन्तुष्ट रहेका दीपक र कुमारबीच सम्बन्ध चिसिएको थियो। सिरियल भद्रगोल बाट सहकार्य सुरु गरेका उनीहरू पछिल्लो समय टाढिएका थिए।

कुमारले निर्देशन गरेको फिल्म लाज शरणम् मा कथाको श्रेय नपाएको भन्दै दीपक असन्तुष्ट बनेका थिए। त्यसपछि उनले सक्किगोनि समेत छाडेका थिए।

यता दीपक निर्देशित फिल्म परान ले ठूलो सफलता पाएपछि दुईबीचको सम्बन्ध पुनः सुधारतर्फ गएको देखिन्छ। अहिले कुमारको कथा, सविन अधिकारी र वसन्त न्यौपानेको स्क्रिप्ट तथा दीपकको निर्देशनमा नयाँ फिल्म बन्ने तयारी छ।

फिल्म ‘चिरञ्जीवी भवः’ले उनीहरूको सम्बन्ध पुनः मजबुत बनेको संकेत दिएको छ।

Leave a Reply