‘पार्वर्ती’ को शुभमुहूर्त, भदौ १२ लाई प्रदर्शन लक्ष्य

काठमाडौं। नीता ढुङ्गाना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ को शुभमुहूर्त गरिएको छ । मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मिर्सा गाउँमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।

फिल्मलाई अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले निर्देशन गर्दैछिन् । मुख्य भूमिकामा पनि उनी स्वयं रहनेछिन् । फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहनेछ ।

कार्यकारी निर्माता शंकर पाण्डेका अनुसार हाल सबै कलाकार छायांकनमा व्यस्त छन् । फिल्ममा कथा तथा पटकथा निर्देशक ढुङ्गानाकै रहेको छ भने स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् ।

सुदीप बराल डिओपी रहेको फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशकका रूपमा छन् । कार्टुन क्रुका डान्सर तथा निर्देशकका रूपमा परिचित सरोजले पहिलोपटक फिल्ममा क्रियटिभ निर्देशकको जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

फिल्ममा प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता शंकर पाण्डे छन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन् । यसअघि निर्माण टिमले निर्माताको नाम सार्वजनिक गरेको थिएन । फिल्मको सम्पादन साहिल खानले गर्नेछन् भने पोस्टर डिजाइन रोयल भिमसेनले गर्नेछन् ।

निर्माण टिमले फिल्मलाई आगामी भदौ १२ गते प्रदर्शनमा ल्याउने लक्ष्य राखेको छ । सोही मितिलाई ध्यानमा राख्दै छायांकन कार्य तीव्र गतिमा अघि बढाइएको निर्देशक ढुङ्गानाले बताइन् । उनका अनुसार फिल्मको छायांकन तालिका करिब एक महिनाको हुनेछ ।यसअघि नीता फिल्म्सको ब्यानरमा ‘ह्रस्वदीर्घ’ निर्माण भइसकेको थियो ।

Leave a Reply