जेठ १५ देखि ‘कुम्भ’ प्रदर्शनमा, एक्सन–लभ स्टोरी लिएर आउँदै रन्धिर श्रेष्ठ

काठमाडौं । निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कुम्भ’ आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

लामो समयदेखि म्युजिक भिडियो निर्देशन र फिल्म छायांकनमा सक्रिय श्रेष्ठले यस फिल्ममार्फत एक्सन–लभ स्टोरी प्रस्तुत गरेका छन् ।

ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘कुम्भ’ नेपाली र हिन्दी दुवै भाषामा रिलिज गरिने जनाइएको छ । फिल्ममा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय रहेको छ ।

एक्सन विधामा निर्माण गरिएको यस फिल्ममा नवनायक अशोक आर्यन, वरिष्ठ कलाकार सुनिल थापा र सुशील पोखरेलसँगै रोहित रुम्बा, अफ्सना थापा र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ ।

नेपाल र दक्षिण भारतमा छायांकन गरिएको फिल्ममा साउथ इन्डियाका विभिन्न कलाकारको पनि अभिनय समेटिएको छ । फिल्मको छायांकन निर्देशक श्रेष्ठ स्वयंले गरेका हुन् । द्वन्द्व निर्देशन संजय थापाले गरेका छन् भने निर्माणमा रन्धिर श्रेष्ठ र राजेश साह संलग्न छन् ।

फिल्मको पहिलो गीत यही शुक्रबार सार्वजनिक गरिने र त्यससँगै प्रचार–प्रसार अभियान सुरु गरिने निर्देशक श्रेष्ठले जानकारी दिएका छन् ।

Leave a Reply