धनकुटाबाट ‘कार्की साइँला’को छायांकन सुरु

काठमाडौं। निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने नेपाली फिल्म ‘कार्की साइँला’ को छायांकन सुरु भएको छ। निर्माण टिमले मंगलबारबाट धनकुटाबाट फिल्मको छायांकन थालेको हो।

छायांकनमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्य (मुन्नी) सहित सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकार सहभागी छन्।

निर्देशक बस्नेतका अनुसार फिल्मको छायांकन एक महिनाको सेड्युलमा धनकुटा, बराहक्षेत्र र चतरामा गरिनेछ। फिल्ममा जितु नेपालको जोडीको रूपमा प्रियना आचार्य देखिनेछिन्। ‘झरिपछिको इन्द्रेणी’बाट फिल्ममा डेब्यु गरेकी प्रियना र जितुको यो पहिलो सहकार्य हो।

कर्णबहादुर फिल्म्स प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेका छन्। फिल्मको मुख्य सहायक निर्देशक रोजल थापा, छायांकन डम्बर राई, द्वन्द्व निर्देशन किरण दाहाल तथा संगीत दिप्सन लिम्बुको रहनेछ।

फिल्मको रिलिज मिति भने छायांकन सम्पन्न भएपछि घोषणा गरिने निर्माण पक्षले जनाएको छ।

Leave a Reply