फिल्म ‘लालिमा’को टिजर सार्वजनिक, फागुन २९ देखि प्रदर्शनमा आउने

काठमाडौं । आगामी फागुन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लालिमा’को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले मंगलबार साँझ ओएसआर युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरेको हो।

सार्वजनिक टिजरमा शीर्ष नायिका रोशनी कार्कीलाई एकल रूपमा प्रस्तुत गरिएको छ। कोठाभित्र मानसिक तनावमा छट्पटाइरहेको उनको दृश्यले फिल्मको मनोवैज्ञानिक पक्षको संकेत गर्छ। टिजरमा फिल्मको कथावस्तु भने सस्पेन्समै राखिएको छ।

लेखक तथा निर्देशक रोशन मिराजका अनुसार फिल्म ‘लालिमा’ तीन हजार यौनकर्मीका अनुभवमा आधारित घटनाबाट प्रेरित छ। फिल्ममा रोशनी कार्कीसहित शिशिर वाङ्देल, जीनव भट्टराई, उषा रजक र सुष्मा निरौलालगायत कलाकारको अभिनय रहेको छ।

फेथ आस्थाको निर्माणमा बनेको यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन्।

Leave a Reply