काठमाडौं। षट्कोण आर्टसको निर्माणमा बनेको फिल्म ‘लालीबजार’को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई प्रदर्शन मिति तय गर्दै टिजर सार्वजनिक गरेको हो। टिजरमा फिल्मका मुख्य पात्रमार्फत कथाको झल्को प्रस्तुत गरिएको छ।
बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारीलगायतको अभिनय छ। यसै फिल्मबाट विशाल देवकोटा र प्रसंशा सुवेदीले अभिनय डेब्यु गरेका छन्।
निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार फिल्मको पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। स्वस्तिमा खड्काको फरक भूमिकाले फिल्मप्रति दर्शकको उत्सुकता बढेको निर्माण पक्षको दाबी छ। कार्यकारी निर्माता प्रदीप भट्टराई तथा निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ रहेका छन्।
फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलरिस्ट रेनिश फागो, भिएफएक्स समीर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक तथा मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, कस्ट्युम डिजाइनर तथा स्टाइलिस्ट जानकी कडायत, मेकअप आर्टिस्ट काव्या थापा तथा सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ।
News Filmy Newsportal / Nepal