पूर्णबहादुरको सारंगी बनाउँने निर्माताको नयाँ फिल्मको छायाँकन सकियो

काठमाडौं ।  नेपाली फिल्म ईतिहासकै सवै भन्दा धेरै व्यापार गर्ने फिल्म पूर्णबहादुरको सारंगी निर्माण गरेका निर्माता विनोद पौडेलेको नयाँ फिल्म अभिमन्यूको छायाँकन सकिएको छ । गत चैत्र १९ गते देखि फ्लोरमा गएको फिल्मको छायाँकन जम्मा २५ दिनमा सकिएको निर्माणपक्षले जानकारी दिएको छ ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा तयार भइरहेको अभिमन्यु लाई नव निर्देशक सुशान्त गौतमले निर्देशन गरेका हुन । मुकेश खनालको लेखनमा आधारित फिल्ममा मदन थापा क्रिएटिभ निर्देशकको रूपमा रहेका छन्, जसले यसअघि बाटो: रोड टु डेथ निर्देशन गरेका थिए ।

अभिमन्यूमा कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ लगायतका कलाकार शीर्ष भूमिकामा छन ।   पैसाको मोहमा जालमा फसेको पात्रले उम्किन गर्ने संघर्ष नै फिल्मको मूल कथा हो।

फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन्। शरद महतो फिल्मका DOP (क्यामेराम्यान) हुन्। अभिमन्यु भदौ २७ गते नेपालसहित विश्वभर एकैसाथ नेपाली र हिन्दी भाषामा रिलिज हुने तयारीमा छ।

 

Leave a Reply