काठमाण्डौँ । लामो समय देखि अमेरिका बस्दै आएकी अभिनेत्री उषा पौडेलले विहे गरेकी छिन ।
न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार गत २८ अप्रिलमा कोर्ट म्यारिज गरिसकेकी उषाले नेपाली सामाजिक परम्परा अनुसार आगामी मे ११ तारिख (बैशाख २८ ) गतेका दिन राहुल केसीसँग लगनगाँठो कस्न लागेकी हुन ।
२८ गतेको विवाहको पार्टीमा सहभागिताका लागि उनले अमेरिका बस्ने नजिकका साथीभाईहरुलाई निम्तो कार्ड समेत पठाईसकेकी छिन । बताईए अनुसार उषाको वैवाहिक कार्यक्रम विहान हुनेछ भने साँझ रिसेप्सन पार्टी ।
उषाले विवाह गर्न लागेका राहुल पनि अमेरिकामा नै बस्दै आएका कलाकार तथा मोडल हुन । एक समय नेपाली फिल्म क्षेत्रको चर्चित कम्पनी कालीगण्डकी सिनेम्याक्सका सञ्चालक समेत रहेका राहुलले किसान र नागरिक फिल्म सहित दर्जन जति म्यूजिक भिडियोहरुमा कलाकार भएर अभिनय गरेका छन । राहुल ईनाश अमेरिका नेशनल कमिटिका हालका अध्यक्ष समेत हुन । स्मरण रहोस पूरानो घरबार राम्रो नभएपछि उषा र राहुल दुवैको यो दोश्रो वैवाहिक यात्रा हो ।