के घर के डेरा: घर नं २ को राम्रो ट्रेलर : दर्शकको मन छुने संकेत

काठमाडौं — जेठ २ गते देखि प्रर्दशनमा आउन लागेको फिल्म ‘के घर के डेरा: घर नं २’  को राम्रो ट्रेलर निस्किएको छ ।  दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस फिल्मको ट्रेलरमा घर र डेराबीचको भावनात्मक र सामाजिक द्वन्द्वलाई कवितात्मक शैलीमा प्रस्तुत गरिएको छ।

साहित्यकार बुद्धिसागरको लेखनमा तयार गरिएको यो फिल्म उनको पहिलो स्क्रिप्ट डेब्यू हो। ट्रेलर हेर्दा कहिलै पूरानो नहुने समसामयिक बिषय बस्तु  ,  कलाकारको सशक्त अभिनय, सेट  , निर्देशन र सिनेमाटोग्राफीले फिल्मप्रति सकारात्मक अपेक्षा जगाएको छ।

ट्रेलरले घर मोहले निम्त्याउने व्यक्तिगत र पारिवारिक समस्यालाई उजागर गर्छ। खासगरी युवा पुस्ताले घर जोगाउन गरेको संघर्ष र त्यसले सिर्जना गर्ने आर्थिक, भावनात्मक द्वन्द्वलाई गहिरो ढंगले प्रस्तुत गरिएको छ।

‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’ जस्ता फिल्ममार्फत सामाजिक यथार्थलाई पर्दामा उतार्दै आएका खनालको फिल्ममा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, हरिहर शर्मा, केकी अधिकारी, उपसना सिंह ठकुरी, निश्चल बस्नेत, संजोग रसाईली, सृजना नापित लगायतका कलाकारहरु सशक्त भूमिकामा देखिएका छन । हेर्नुस ट्रेलर

Leave a Reply