दुर्लभ रेकर्ड राख्दै दृष्टिविहीन प्रोशेष पाण्डेले जिते भ्वाईस अफ नेपालको उपाधी

काठमाण्डौँ । द भ्वाईस अफ नेपालको छैठौँ संस्करणको उपाधी धादिङ गजुरीका १८ बर्षीय दृष्टिविहीन गायक प्रोशेष पाण्डेले जितेका छन ।

सम्भवत पहिलो पटक विश्व सांगितिक रियालिटी सोमा यस प्रकारको रेकर्ड उनले कायम गरेका हुन । यस्तो प्रकारका रियालिटी शोहरुमा दृष्टिविहीन प्रतियोगीहरू स्टेजमा पुगेर उत्कृष्ट प्रदर्शन गरेका र दर्शकको मन जितेका प्रशस्तै उदाहरणहरु छन तर उपाधीनै जित्ने व्यक्ति सम्भवत उनी नै पहिलो हुन भन्दा शायद फरक नपर्ला । 

फिनाले कार्यक्रम हेर्न तस्बिरमा क्लिक गर्नुहोस

जन्मजात दृष्टिविहीन रहेका प्रोशेष कोच खेम सेन्चुरीको टिममा रहेर भ्वाईसको प्रतिष्पर्धामा उत्रिएका थिए । उनले ब्लाईन्ड राउन्डमा दीप श्रेष्ठको गीत हर रात सपनीमा… बोलको गीत गाएर सम्पूर्ण कोचहरुको कुर्सी घुमाउन सफल भएका थिए । कमेडी गर्न समेत माहिर प्रोशेषलाई आफ्नो टिममा पार्न कोचरुले ब्लाईन्ड राउन्डमै तछाड मछाड गरेका थिए तर अन्तिममा उनले कोच खेमलाई रोजेका थिए । दुर्लभ रेकर्ड राख्दै भ्वाईस अफ नेपालको उपाधी जितेसँगै सँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद पुरस्कार प्राप्त गरेका छन भने अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ पनि प्राप्त गर्न सफल भए ।

विगत तिन महिना देखि निरन्तर चलेको भ्वाईसको छैठौँ संस्करणमा कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भएका छन भने कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरे । तस्बिर सौजन्य : अनलाइनखबर डटकम

Leave a Reply