वेब सिरिज ‘घर बट् इन अमेरिका’ MSM भिडियोमा स्ट्रिमिङ हुने

काठमाडौं – अमेरिकामा निर्माण भएको नेपाली वेब सिरिज घर बट् इन  नेपाली ओटिटी प्लेटफर्म MSM भिडियोमा स्ट्रिमिङ हुने भएको छ। निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले सिरिजका दुई पोस्टर सार्वजनिक गर्दै, वैशाख दोस्रो हप्ताबाट १२ एपिसोड एकसाथ प्रसारण हुने जानकारी दिएका छन्।

यो सिरिज व्यावसायिक रूपमा ओटिटीमा रिलिज हुने पहिलो नेपाली सिरिज भएको निर्देशक अधिकारीले दावी पनि गरेका छन । अमेरिकामा बस्ने नेपाली समुदायको जीवनशैली, पारिवारिक सम्बन्ध, र संस्कृतिको टकरावलाई हास्यरसका साथ प्रस्तुत गर्ने सिरिजमा, नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ-इन रिलेशनसिपमा रहेकी छोरीको कथालाई समेटिएको छ।

१० वर्षपछि अभिनयमा फर्किएकी अभिनेत्री अरुणिमा लम्सालसँगै बिमलेश अधिकारी, अरुणिमाकै आमा समेत रहेकी राधा लम्साल, ( भावु ) खेम शर्मा, आशिष दाहाल, र रोजिना थापा प्रमुख भूमिकामा छन्। सेभेन कलर्स डिजिटलले निर्माण गरेको सिरिजको पटकथा विवेक चम्लागाईंले लेखेका हुन् भने निर्माता रोशन घिमिरे रहेका छन्।

Leave a Reply