गायक कमल खत्री र गायिका मेलिना मैनालीलाई पुत्रलाभ

काठमाडौं । दुई वर्षअघि वैवाहिक जीवनमा बाँधिएका गायक कमल खत्री र गायिका मेलिना मैनालीका घरमा पहिलो सन्तानको आगमन भएको छ। आइतबार मेलिनाले छोरालाई जन्म दिएकी छन्।

यो खुशीयाली गायक कमल खत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैसँग बाँडेका छन्। उनले भावनात्मक सन्देश लेख्दै भनेका छन्, “आज मेरो जीवनको सबैभन्दा अविस्मरणीय दिनमध्ये एक हो। पहिलो पटक बाबु-आमा बन्न पाउँदा जुन खुशी अनुभूति गरिरहेको छु, त्यो शब्दमा व्यक्त गर्न गाह्रो छ। मेरो परिवारमा न्यानो उज्यालो लिएर आएको मेरो सानो राजकुमारलाई स्वागत छ!”

यस विशेष अवसरमा उनले अस्पतालका डाक्टर, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन्, जसले यो यात्रा सुरक्षित र सहज बनाएको बताए। साथै, आफन्त, परिवारका सदस्य र शुभचिन्तकहरूप्रति आभार व्यक्त गर्दै सबैको माया, आशीर्वाद र हौसलाले आफ्नो परिवार अझ पूर्ण भएको महसुस भएको उल्लेख गरे।

कमलले आफ्नो छोराको उज्ज्वल भविष्यको कामना गर्दै सबैको साथ, सहयोग र माया सधैं पाइरहने आशा व्यक्त गरेका छन्।

Leave a Reply