दिव्याको बढ्दो व्यस्तता : प्रोफाइल ईन्टरनेश्नल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा नियुक्त

काठमाण्डौँ । अमेरिकाको सुखमय जिवनशैली र  लोभलाग्दो जागिर छाडेर नेपाली फिल्म नगरीमा होमिएकी नव अभिनेत्री दिव्या रायमाझीको व्यस्तता बढ्न थालेको छ ।

एक्टर टेक वान फिल्म मार्फत रजतपट डेब्यू गरेकी दिव्याले यहि २९ गते देखि प्रर्दशनमा आउँने तयारीमा रहेको मल्टीस्टारर फिल्म पिताम्बरमा समेत अभिनय गर्ने मौका पाईन । यो बीचमा उनले अर्की अभिनेत्री निशा अधिकारीले बनाउँन लागेको फिल्म माया प्रीतिमा शोलो अभिनेत्रीका रुपमा खेल्ने गरी साइन समेत गरिसकेकी छिन । हाल  थप दुई वटा फिल्मको स्क्रिप्ट अध्ययन गरिरहेकी दिव्याले आईतबार प्रोफाइल ईन्टरनेश्नल   एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरका रुपमा सम्झौता गर्दै आफ्नो व्यस्तता झन बढाएकी छिन । अभिनय यात्रामा होमिएसँगै केही ब्रान्डहरुको प्रर्वद्र्धनमा यस अघि पनि देखिएकी दिव्याले पहिलो पटक सदभावना दूतका रुपमा प्रोफाइल ईन्टरनेशनलसँग सम्झौता गरेकी हुन ।

एक बर्षको लागि अनुबन्ध गरिएको उक्त शैक्षिक परामर्श केन्द्रका लागि दिव्या सहित संस्थाका प्रमुख नवराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीलाई परामर्श प्रदान गर्दै आएको यो संस्थाले अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत, डेनमार्क, न्यूजिल्याण्ड, फिनल्याण्ड तथा अन्य युरोपेली मुलुकका विश्वविद्यालयसँग सहकार्य गर्दै आएको छ ।

ब्रान्ड एम्बेसडर नियुक्तिपछि रायमाझीले प्रतिष्ठित संस्थासँग जोडिन पाएकोमा खुशी व्यक्त गर्दै भनिन्, “विद्यार्थीलाई मार्गदर्शन गर्न पाउँदा उत्साहित छु ।” उनी अब संस्थाका विभिन्न कार्यक्रम तथा शैक्षिक मेलाहरूमा सहभागी हुनेछिन् । आगामी मार्च २७ मा आयोजना हुने ‘युके एडमिसन डे’ मा उनको विशेष उपस्थिति रहनेछ ।

 

Leave a Reply