काठमाण्डौँ । लोकप्रिय गायक प्रकाश सपुतको डेब्यू निर्देशनमा बनेको फिल्म बसन्तको ट्रेलर सार्वजनिक भएको छ ।
काठमाण्डौँको सामाखुसीमा रहेको सिटी स्क्वायर मलको प्राङगणमा प्रकाश निकटका गायक गायिकाहरुको उपस्थितीमा बसन्त साँझ कार्यक्रम गर्दै फिल्मको यूनिटले उक्त मलमा रहेको हलबाट ट्रेलर सार्वजनिक गरेको हो ।
चार मिनेट लामो ट्रेलरले अन्तरजातीय प्रेम, जातीय विभेद, सामाजिक सोच र व्यवस्थाका तिक्त सत्यलाई मर्मस्पर्शी ढंगले प्रस्तुत गर्न खोजेको छ । समग्रमा ट्रेलरको समीक्षा गर्दा खदिलो कथामा प्रकाशले बसन्त बनाएको देखिएको छ । यध्यपी राम्रो बनाउँने प्रयाशमा ट्रेलरको लम्बाई ज्यादा लामो भयो कि भन्ने महसुश चाँहि भएको छ ।
कलाकार खबपु र प्रभात पालको कमेडी सिन सामान्य छ जुन सिन नराख्दा पनि हुनेथियो यध्यपी सुरुवात भन्दा मध्य र अन्त्यतिर ट्रेलरले सर्लक्कै दर्शकको ध्यान खिच्छ ।
प्राविधिक पक्षमा विशेष गरी साउन्ड मिक्सिङमा। कतिपय संवादहरूलाई पृष्ठभूमिको संगीतले दबाएको महसुस हुन्छ, जसले कथाको प्रभावमा असर पार्न सक्छ। यध्यपी निर्देशकीय हिसावले प्रकाश सपुतको यो पहिलो प्रयाश हो । उनी सर्जकका हिसावले ईमान्दार सर्जक हुन । उनको यो पहिलो प्रयाशमाथि आलोचना भन्दा सुझाव दिने प्रकृतिको हुनुपर्छ ।
किन कि आम दर्शकलाई पनि प्रकाशको काम विग्रिएला कि भन्ने पीर छ । समीक्षकहरुले पनि उनको पहिलो प्रयाश माथि कुरा बुझ्नु पर्छ , मुटु कट्क्कै खाने गरी हतोत्साही बनाउँनु हुँदैन । किन कि देवि दुर्गाको अर्को स्वरुप सकम्बरी जस्तै बनेर उनी फिल्म नगरीमा स्थापित हुनुपर्छ अब, र यो फिल्म नगरी मेरो मात्र हैन भनेर उनलाई सवैले गाईड गर्न जुरुरी छ ।
तसर्थ गाईड शैलीमा भन्नू पर्दा ट्रेलर जे जति लामो निस्किए पनि फिल्मको लम्बाईलाई छोट्याउन प्रकाशको टिमले लोभ गर्न हुँदैन । पछिल्लो समय रिलिज भएको फिल्म लाश शरणमको टिमले फिल्म लामो भएपछि भोग्नु परेको पीडा र रिलिज पछि १८ मिनेट सिन काट्न परेको बाध्यतालाई अध्ययन गरे हुन्छ ।
लम्बाइको बोझले दर्शकलाई थकाइ दिन सक्छ, जसको असर फिल्म हलले दिने सो संख्या देखि बक्स अफिसको रिजल्ट सम्ममा पर्न सक्छ। ट्रेलर जति लामो भएतापनि पनि फिल्म सलल बगेको नदीजस्तो सहज र प्रवाहयुक्त निकाल्न प्रकाशको टिमलाई जोश मिलोस । चैत्र २२ गते फिल्म हेरेपछि सवको होस उडोस । शुभकामना छ तर ट्रेलर जस्तै लामो नहोस फिल्म । हेर्नुस ट्रेलर