काठमाण्डौँ । भनिन्छ नि फलामलाई फलामले काट्छ । हो त्यही भएर होला यो बर्षको अन्त्यमा रिलिज हुने एउटा एक्सनप्रधान फिल्म पिताम्बरसँग भिड्न तयार भएर अर्को एक्सन जनराको फिल्म कर्माको टिजर सार्वजनिक भएको छ ।
जसरी विपिन कार्की केही फरक अवतारमा आउँदैछन भनेर चर्चा गरिएको थियो त्यसैगरी विपिनलाई केही फरक तरिकाले प्रस्तुत गर्दै कर्माको टिजर निस्किएको हो । यध्यपी टिजरमा विपिनको एक्सन पर्फमेन्सलाई अझै देखाएको भए सुनमा सुगन्ध हुने थियो ।
तथापी आत्तिहाल्नु पर्ने केही छैन यो टिजर मात्र हो , ट्रेलरमा एक्सनको अभाव भएन भने आगामी चैत्र २९ को भिडन्त रोचक हुनेछ । मल्टीस्टारर फिल्म पिताम्बरको व्यापार राम्रो हुने हो कि विपिन कार्कीको सिंगल स्टारडमले जित्ने हो ? कर्माको ट्रेलर रिलिजसँगै यि जिज्ञासाहरु थप बढ्दै जानेछन ।
जे होस्, कर्मा को टिजरले इमोशनको बलियो प्याकेज पस्केको छ। भावनात्मक संवाद र दमदार ब्याकग्राउन्ड म्युजिकले टिजरलाई आकर्षक बनाएको छ। निर्देशक सौरभ चौधरी आफैमा क्षमतावान निर्देशक हुन तसर्थ यिनको काममा शंका गरिहाल्नु हुँदैन । खबरदारी चाँहि जरुरी छ ।
फिल्ममा उपसना सिंह ठकुरी, मुकुन भुषाल, निर्मल शर्मा, सरिता गिरी, दिव्यदेव, बेन बस्नेत सुजेन सिलवाल लगायतका कलाकार छन ।