भाईरल गोर्खेको फिल्मी टिजर

काठमाण्डौँ । सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म भाईरल गोर्खेको फिल्मी टिजर सार्वजनिक भएको छ ।

भाईरल हुने सपनामा टिकटकको सदुपयोग र दुरुपयोगका बीच निर्माण भएको ट्रेलरमा सौगात मल्ल फिल्मी क्यारेक्टरमा देखिएका छन । फिल्मी यस अर्थमा कि उनी अभिनेता शिव श्रेष्ठको फ्यान हुन्छन । फ्यान भएका उनलाई टिकटबाट लोकप्रियता बटुल्दै गोविन्दे पात्रलाई देखाउने उदेश्य फिल्मी देखिन्छ । जुन रोचक छ ।

ओपनिङ र ईन्डिङ ईन्ट्रेस्टिङ शैलीमा काटिएको टिजर हेर्दा यो फिल्म एक हद सम्म रोचक कथामा बनेको अनुमान लगाउन सकिन्छ । फिल्ममा बुद्धी तामाङ सौगात मल्लको साथीको भूमिकामा देखिएका छन भने सृष्टी श्रेष्ठ मुख्य अभिनेत्रीका रुपमा छिन । टिजरमा पत्रकार ऋषि धमला सरकार जान्न चाहन्छ भन्दै रिपोर्टिङ गरिरहेको दृश्य समेत राखिएको छ ।

कलाकारका रुपमा राजराम पौडेल पनि देखिएका छन । जेठ ३० गतेलाई रिलिज तय गरिएको यो फिल्मलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन । हेर्नुस टिजर

Leave a Reply