लाज शरणमबाट आलोचना भोगेका धुर्मुसलाई बालेनले तारिफ गरे

काठमाण्डौँ – अभिनेता तथा हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ को अभिनयलाई लिएर विभिन्न आलोचना भइरहेका बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भने खुलेरै उनको प्रशंसा गरेका छन्।

शिवरात्रिदेखि प्रदर्शनमा आएको फिल्म लाज शरणम मा धुर्मुसको अभिनयबारे कतिपयले उनको प्रस्तुति ‘लाउड’ तथा ‘कर्कश’ भएको टिप्पणी गरेका थिए। तर, गएराति दरबारमार्गस्थित दरबार सिनेमाजमा फिल्म हेरिसकेपछि बालेनले भने धुर्मुसको डिटेलिङ उत्कृष्ट भएको भन्दै प्रशंसा गरे।

“यस्तो डिटेल दिनुभा’छ नि! कस्तो डिटेल दिया हो! लास्टै दामी, लास्टै मजा आयो,” फिल्म हेरिसकेपछि बालेनले प्रतिक्रिया दिएका थिए। त्यति मात्र होइन, उनले धुर्मुसलाई अंगालो हालेर बधाई समेत दिए। सार्वजनिक भिडियोहरूमा बालेनले भनेका छन्, “एकदमै राम्रो काम गर्नुभएको छ। म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ। हेरिरहँदा एकदमै मज्जा आयो।”

लाज शरणम मा बालेनको स्वरमा रहेको र्‍याप गीत पनि समावेश गरिएको छ। फिल्मको व्यापार अपेक्षाअनुसार नहुँदा पनि फाल्गुन १४ पछि प्रदर्शनमा आएका अन्य फिल्महरूमध्ये यसले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। हाल होस्टेल ३ ले लाज शरणम लाई चुनौती दिइरहेको छ।

Leave a Reply