काठमाण्डौँ । नेपाली फिल्म उद्योगमा एक स्थापित नाम बनिसकेका अभिनेता प्रदीप खड्का आजबाट ३२ बर्ष पूरा भएर ३३ बर्षमा प्रवेश गरेका छन्।
उनको जन्मदिनको सन्दर्भमा उनका गडफार जस्तै मानिने फिल्म निर्माता सन्तोष सेनले “प्रगति संगै रमाइलो र आनन्दले भरिएर जाने दिनको कामना गर्दछु । जन्मदिनको भव्य शुभकामना प्रेम भाई। ” भन्दै फेसबुकबाट शुभकामना दिए ।
फ्यानहरुले पनि जन्मदिनको खबर प्राप्त गरेसँगै प्रदीपलाई टन्नै शुभकामना दिईरहेका छन । फिल्म क्षेत्रका केही फिल्मकर्मीहरुले पनि प्रदीपलाई जन्मदिनको शुभकामना दिए । फिल्म पुजार सार्कीमा सँगै काम गरेका अभिनेता पल शाहले समेत एक फोटो स्टोरीमा दर्शन गरे हल्लका निहुरिएर बोलको गीतमा प्रदीपसँग अंगालो होलेको तस्बिर राख्दै शुभकामना दिएका छन । उता प्रेम गीतकै निर्देशक सुर्दशन थापाले पनि मेरो प्यारो भाई, भर्षटायल एक्टर भन्दै प्रदीपसँगको आफ्नो तस्बिर शेयर गर्दै शुभकामना दिएका छन । तर प्रेमगीतकै हिरोइन पूजा शर्माले भने प्रदीपलाई सार्वजनिक रुपमा जन्मदिनको शुभकामना दिएको देखिएको छैन ।
यसैगरी आगामी चैत्र २९ गते प्रर्दशनमा आउँन लागेको फिल्म पिताम्बर यूनिटले त प्रदीपको उक्त फिल्ममा समावेश विभिन्न सिनहरुको मोन्टास हित सुपरस्टारको उपमा दिएर जन्मदिनको शुभकामना सहितको एउटा भिडियो बाहिर निकालेको छ ।
करिब ४० सेकेन्डको भिडियोमा प्रदीपलाई पिताम्बरमा कस्तो देखिएको छ । उनले कसरी काम गरेका छन । गेटअप कस्तो छ यि सारा चिजलाई ४० सेकेन्डको भिडियोमा राखेर पिताम्बर यूनिटले जन्मदिनको शुभकामना दिएका छन ।
प्रदीप यतिखेर सुर्खेतमा हालै सम्पन्न दोश्रो कर्णाली चलचित्र महोत्सवमा सहभागी भएर उतै घुमिरहेका छन । जन्मदिनको पूर्व सन्ध्यामा समापन भएको महोत्सवमा प्रदीपले आफ्नो आगामी फिल्म २६ करोडको छायाँकन कर्णालीको सेरोफेरोमा गर्ने प्रतिवद्धता सहित लिखित सम्भौता पनि गर्न भ्याए ।
२६ करोडमा लाई विकास सुवेदीले निर्देशन गर्दैछन जसको कथामा यस अघि पनि प्रदीपले प्रकाश नामक फिल्म खेलेर आफ्नो अभिनय कला पृथक रहेको प्रमाणित गरिदिएका थिए । यसैगरी प्रदीपको आगामी बर्ष एक्लो नामक फिल्म रिलिज हुँदैछ भने क्रमश एरिको छायाँकन सकेर उनी सुर्दशन थापाले बनाउँने नयाँ फिल्ममा काम गर्ने निश्चित भईसकेको छ भने सुर्दशनको फिल्म सकेर उनी २६ करोडमा व्यस्त हुदैछन ।