काठमाण्डौं । नेपाली फिल्म क्षेत्रमा एक वर्षभित्रै थुप्रै कलाकारहरूले आफ्ना अभिभावक गुमाउनु परेको छ।
गत भदौ ६ गते अभिनेताद्धय विपिन कार्की र अर्जुन कार्कीले ६८ वर्षको उमेरमा आफ्नी आमा गुमाएका थिए भने , हाँस्य अभिनेता जीतु नेपालले पनि आमालाई गुमाएको महिना दिन पनि पुगेको छैन । यसैगरी पछिल्लो साता अभिनेता दिलीप रायमाझीले पिता पिता गुमाउँदा शोकमै छन भने उनका निकट साथी कलाकार सुरेन्द्र केसीले पनि एक बर्षको अन्तरालमा आमाबुवा दुवैलाई गुमाउनु परेको दु:खद घटना घट्यो।
यस्तै, व्यस्त नृत्य निर्देशक कविराज गहतराजले फागुन ४ गते आमाको निधनको पीडा सहनुपर्यो। निर्माता तथा हल सञ्चालक सुमित मैनाली र महिला निर्देशक सुचित्रा श्रेष्ठले पनि आमालाई गुमाएको भखैरै हो ।
गौरी मल्लकी आमासँग न्यूज फिल्मीले केही समय अघि लिएको अन्र्तवार्ता
यसैगरी लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराई, प्रोडक्सन डिजाइनर सुवास काफ्ले, मेकअप आर्टिस्ट श्याम बराल, स्क्रिप्ट राइटर ब्रजेश खनाल र कलाकार दीपक त्रिपाठीले पिता गुमाउदा उनीहरु पनि शोकमै छन यो बर्ष । यस्तै स्क्रिप्ट राइटर तथा कलाकार सुशील देवकोटा, गायक किरण प्रधान, निर्देशक मदन घिमिरे, हाँस्य कलाकार दमन रुपाखेती, कलाकार गणेश गिरी, निर्माता तथा कलाकार प्रज्ञा जोशी, निर्देशक ऋषि लामिछाने, निर्माता तथा कलाकार मधु कुमार श्रेष्ठजस्ता फिल्मकर्मीहरूले पनि आमाको बियोग सहनुपर्यो यसपालि ।
यसै क्रममा, अभिनेत्री गौरी मल्लले पनि आफ्नी आमा गुमाएकी छन् । ८८ वर्षीया हेमकुमारी मल्लको विहिबार गंगालाल हस्पिटलमा उपचारका क्रममा निधन भएको हो। उनी करिब एक महिनादेखि अस्वस्थ थिइन्।
यति मात्र होइन, यही महिना टेलिफिल्म क्षेत्रका सक्रिय कलाकार चेतबहादुर सिंहको असमयिक निधनले पनि फिल्म क्षेत्रलाई स्तब्ध बनायो। साथै, छोटो समयमै सबैको मन जित्न सफल बाल गायक सचिन परियार, दृष्टिविहीन भएर पनि उत्कृष्ट गायन प्रतिभा देखाएका प्रकाश तिमिल्सिना, वरिष्ठ लोकगायक एलपी जोशी, र संगीतकार तथा युवा गायक विक्रम राईको निधनले नेपाली मनोरञ्जन क्षेत्रमा क्षति पुगेको छ। यो वर्ष नेपाली फिल्म र संगीत क्षेत्रका लागि निकै दुःखद रह्यो। एकपछि अर्को गर्दै प्रियजन गुमाउनुपर्दा फिल्मकर्मी शोकमा छन्।