बाँकी ४० दिनमा ११ वटा फिल्म रिलिज हुदै तर रिजल्ट कस्तो रहला ?

अनुप भट्टराई

काठमाण्डौं । नेपाली फिल्म उद्योग यो समय निकै रोचक मोडमा छ। बर्ष सकिन अब जम्मा ४० दिन मात्र बाँकी छ, र यस अवधिमा ११ वटा फिल्म प्रदर्शनको तयारीमा छन्। रिलिज हुने फिल्मका  ट्रेलर र टिजरहरू लगातार सार्वजनिक भइरहेका छन्, जसले फिल्मप्रेमीहरूलाई उत्साहित बनाएको छ। अधिकांश ट्रेलर राम्रै   देखिएका छन् भने केहीले गज्जबको प्रतिक्रिया पाइरहेका छन्। तर, ट्रेलरले देखाएको उत्साह फिल्मको रिजल्टमा प्रतिबिम्बित होला  होला कि नहोला त्यो भने ठूलो प्रश्नवाचक चिन्ह भएर निस्किएको छ । किन कि पछिल्ला केही महिना देखि रिलिज भएका आधिकाँश फिल्मका ट्रेलरहरु राम्रा थिए तर व्यापार अपेक्षित भईदिएन ।

भोलि  फाल्गुन २३ बाट सुरु हुने यो प्रदर्शन यात्रा होस्टेल -३ बाट हुनेछ। युवा दर्शक लक्षित फिल्म भएकाले यसको ट्रेलरले राम्रो प्रभाव छोडेको छ। १४ दिनमै ट्रेरलको भ्यूज २२ लाख नाघिसकेको छ र दर्शक प्रतिक्रिया पनि राम्रो पाईरहेको छ ।  सशान कडेलको डेब्यू निर्देशनमा बनेको फिल्मले अपेक्षित शो पनि हलबाट पाएको छ । नवकालकारहरुको चर्चा पनि व्यापक छ । तर डर चाँहि के छ भने सेन्सरबोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएको यो फिल्मको कुनै पनि गीत चलेको छैन भने फिल्मको लम्बाई २ घण्टा ४९ मिनेट हुनु ठूलो जोखिम हो । यदि दर्शकलाई फिल्म लामो लागेमा फिल्मको लम्बाईले बक्स अफिसमा स्वत असर पार्न सक्छ । 

त्यसपछि फाल्गुन २९ मा एकैसाथ अञ्जिला र आउट ल – दफा : २१९  रिलिज हुँदैछन् । अञ्जिला महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापोको जीवनकथामा आधारित छ, जसले समीक्षकहरूबाट अनुकरणीय प्रतिक्रिया पाइरहेको छ। फिल्मलाई प्रेमकुमार श्रेष्ठले नव निर्माता भएर लगानी गरेका छन भने निर्देशन मिलन चाम्सले गरेका छन । यस फिल्ममा फिल्ममा दयाहाङ राई सहित स्वयम एन्जिला पनि खेलेकी छिन ।  दर्शकहरूले यसलाई एउटा सशक्त सिर्जना भएको बताइरहेका छन् । यध्यपी यो फिल्मको प्रोमोश्नल गीत भनेर निकालिएको एउटा गीतले भने सोच जति बजारमा बज क्रिएट गर्न चाँहि सकेन । 

त्यस्तै, आउट ल – दफा – २१९ को एक्सनप्रधान टिजर र ट्रेलर मेकिङको चर्चा पनि राम्रै छ । यो फिल्ममा सुशिल श्रेष्ठ मुख्य भूमिकामा छन । फिल्मलाई नव निर्देशक विक्की महर्जनले निर्देशन गरेका हुन । फिल्मको सिनेम्याटिक भ्यालु र एक्सन दृश्यहरु सुन्दर बनेको छ । ट्रेलर रिलिज भएको सात दिनमा १३ लाख युट्युब भ्यूज आउँनुको मुख्य कारण पनि यहि हो भन्दा फरक नपर्ला । फिल्म सँगै मुख्य अभिनेता सुशिल श्रेष्ठको अन्र्तवार्ताहरु अहिले हिट भईरहेका छन उनी यो फिल्मबाट आफ्नो फिल्मी यात्रालाई थप मजबुद बनाउँने तयारीमा छन । तसर्थ यो फिल्मले पनि दर्शकको राम्रो साथ पाएमा सुशिल सहित पूरा फिल्म यूनिटको कल्याण हुन सक्छ ।

चैत्र १ मा पुजा सर राजागंज प्रदर्शन हुँदैछ। भोनिस फिल्म फेस्टिभलमा प्रिमियर भइसकेको यो फिल्मको ट्रेलरले राम्रो हाइप बनाइसकेको छ। फिल्म वृत्तमा यसको सकारात्मक चर्चा  छ। यस फिल्ममा इन्स्पेक्टर पूजाको भूमिकामा आशा मगराती देखिएकी छिन जो निर्देशक दीपक रौनियारको श्रीमती समेत हुन । फिल्ममा पूर्व मिस नेपाल निकिता चाण्डक सहित विजय बराल र दयाहाङ राई जस्ता दमदार कलाकारहरू  फिचर्ड भएका कारण  यो फिल्म एक हद सम्म चर्चाको शिखरमा रहला भन्न सकिने आधारहरु देखिएका छन । 

त्यसैगरी, चैत्र ८ मा दुई फिल्म ११:55द्रौपदी प्रदर्शन हुनेछन्।   त्यसैगरी चैत्र ८ मा प्रर्दशन हुने क्राईम थ्रिलर फिल्म ११ : ५५ को टिजर सँगै ट्रेलरलाई पनि राम्रो प्रतिक्रिया मिलेको छ । फिल्मको ट्रेलर आजै सार्वजनिक भएपछि यो फिल्मको मेकिङ र प्रेजेन्टेशनलाई लिएर दर्शकले राम्रो प्रतिक्रिया दिन थालेका हुन । फिल्मलाई नव निर्देशक केशव पाण्डेले निर्देशन गरेका हुन जहाँ नव कलाकार सागर खनाल सहित सृष्टी श्रेष्ठ, करिश्मा श्रेष्ठ, महेश त्रिपाठी तथा अग्रज केसी लगायतका कलाकार शीर्ष भूमिकामा छन । 

त्यसैगरी चैत्र ८ मै आउँने अर्को फिल्म द्रौपतीको स्टोरी राम्रो भएको छनक देखिएको छ । विश्वचर्चित डेटा वेबसाइट आइएमडीबीले मान्यता प्रदान गरेको जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा छनौट भएका कारण यो फिल्मको पनि एक हद सम्म चर्चा सुरु भएको छ भन्दा फरक नपर्ला । सेन्सर बोर्डका सदस्य समेत रहेका निर्देशक ऋषिराज आचार्यले यो फिल्म बनाएका हुन ।  यो फिल्ममा गायक रवि ओड समेतले अभिनय गरेका छन तर अन्य कलाकार भने त्यति परिचित छैन तसर्थ यो फिल्मको प्रचार प्रसारमा फिल्म यूनिटले थप कसरत गर्नु पर्ने देखिन्छ ।  किन कि  फिल्मको ट्रेलर र गीत सार्वजनिक भईसकेपनि जे जति चर्चा हुनु पर्ने हो त्यो मामलामा भने नजिता कमजोर नै देखिएको छ । 

यसैगरी चैत्र १५ गते देखि डोरी नामक फिल्म चल्ने चर्चा छ । जसमा पूर्णबहादुरकी सारंगीकी अभिनेत्री अञ्जना बराईली र नव अभिनेता विरेन्द्र सिंह मुख्य भूमिकामा छिन । यो फिल्मलाई पनि नव निर्देशकका रुपमा रहेर अरुण लामाले निर्देशन गरेका हुन । फिल्मको हाल सम्म ट्रेलर सार्वजनिक भएको छैन यध्यपी एउटा पोष्टर र गीत चाँहि सार्वजनिक भईसेकेका छन । तर विडम्बना गीत रिलिज भएको एक महिना भईसक्दा पनि युट्युबमा गीतको भ्यूज साढें २ लाख पनि पुगेको छैन । तसर्थ यो फिल्म यूनिटले अबको दिनमा जे जस्तो प्रचार सामग्री बाहिर ल्याउँछ त्यो दर्शक आकर्षित गर्ने खालको ल्याउँन जरुरी छ ।

यसैगरी चैत्र २२ गते देखि चाँहि गायक प्रकाश सपुतको पहिलो निर्देशकीय फिल्म बसन्त रिलिज हुनेछ। यस फिल्मलाई लिएर ठूलो अपेक्षा गरिएको छ, तर प्रचार-प्रसार अझै आक्रमक कमजोर देखिएको छ। फिल्मको  ट्रेलर सार्वजनिक भइसकेको छैन, एउटा साधारण कवितात्मक शैलीको टिजर सार्वजनिक भएको थियो जसको चर्चा खासै भएन । उक्त कवितात्मक टिजरमा भ्यूजको खडेरी नै देखियो ।  यध्यपी फिल्मका दुई गीत रिलिज भइसकेका छन्। पहिलो गीत एभरेज हिट भए पनि दोस्रो गीतको केही लाइन टिकटकमा भाइरल हुन थालेका छन्। जसका कारण प्रकाशको बसन्तको चर्चा केही हदसम्म बढिरहेको  संकेत चाँहि यो नयाँ गीतले देखाएको छ । सर्जकको रूपमा प्रकाश सपुतको राम्रो छवि भएकाले यस फिल्मलाई सुपरहिट फिल्मका रूपमा हेरिएको छ, तर त्यसका लागि अझ ठूलो प्रचार आवश्यक देखिन्छ। 

यस्तै बर्षको अन्तिम दिन अर्थात् चैत्र २९ मा तीन ठूला फिल्महरू प्रदर्शन हुँदैछन्। पिताम्बर, कर्मानरसिंहा अवतार । पिताम्बर मल्टीस्टारर फिल्म हो, जसको मेकिङलाई लिएर निकै सकारात्मक चर्चा छ। कृषा चौलागाईको निर्देशन रहेको पिताम्बरको मेकिङ को तारिफ टिजर सार्वजनिक भए देखि सुरु भएको हो । यो फिल्मको एउटा गीत पनि सार्वजनिक भएको छ तर विडम्बना प्रोडक्सन भ्यालु र सेटको चर्चा चुलिदा गीत भने सोचे जति हिट भईरहेको छैन ।  

यस अघि अगस्तय फिल्ममा सौगात मल्ललाई भिन्न लुक्सका साथ खेलाएका निर्देशक  सौरभ चौधरीको निर्देशनमा बनेको कर्मा मा विपिन कार्की पहिलो पटक एक्सन अवतारमा देखिँदैछन्।   निर्देशक चौधरी क्षमतावान भएका कारण कर्माले पनि आफ्नो ट्रेलर धमाकेदार ल्याउँने अनुमान गरिएको छ । फिल्मको हाल सम्म फष्टलुक पोष्टर मात्र सार्वजनिक भएको छ तसर्थ यो फिल्मको ट्रेलर कस्तो निस्किएला भनेर फिल्म क्षेत्र पर्ख र हेरको अवस्थामा छ अहिले ।

अर्कोतर्फ, नरसिंहा अवतार लाई महानायक राजेश हमालको कमब्याक फिल्मका रूपमा हेरिएको छ। गाईगुई रुपमा फिल्मको चर्चा  भइरहेको भए पनि यो फिल्मको रिलिज पोस्टपोन्ड हुनसक्ने हल्ला बजारमा चलेको छ। 

तसर्थ रिलिज हुन लागेका बाँकी फिल्महरुको  हाइप जे जस्तो भएपनि   वास्तविक रिजल्ट भने बक्स अफिसले नै निर्धारण गर्नेछ। आगामी ४० दिन नेपाली फिल्म उद्योगका लागि निकै रोचक बन्ने देखिन्छ, जसमा दर्शकको प्रतिक्रिया निर्णायक हुने छ।

Leave a Reply