महेशसँग लगनगाँठो कसिन गायिका अस्मिता अधिकारीले

काठमाडौं ।  गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार काठमाण्डौको बबहरमहल स्थित कार्की ब्यांक्वेटमा उनीहरुको वैवाहिक समारोह भएको हो ।

दुवै पक्षका परिवार, आफन्त तथा  कलाकारिता क्षेत्रका सिमिति साथीभाईहरुको उपस्थितीमा मिडियालाई प्रतिबन्ध गर्दै कडा सुरक्षा व्यवस्थाका बीच उनीहरुको विवाह सम्पन्न भएको हो । 

अस्मिता र महेशले गत असारमा दुबईमा रहेको बुर्ज खलिफामा इन्गेजमेन्ट गरेका थिए । लामो प्रेम सम्बन्धपछि विवाहमा परिणत भएको यो जोडीले विभिन्न गीतमा सहकार्य गरेका छन् भने स्टेज कार्यक्रममा पनि सँगै प्रस्तुति दिएका छन् ।

विवाहअघि नै केही दिनदेखि हेल्दी तथा मेहेन्दी समारोह धुमधामसहित मनाइएको थियो । 

 

तस्बिर सौजन्य अल्फ पिक्चर नेपाल