बलिउडको मेकिङ झल्काउने पिताम्बरको गीत ट्रेन्डिङमा : तर अडियो जटिल भएन र ?

अनुप भट्टराई

काठमाण्डौँ । पछिल्लो समय नेपाली फिल्मको गीतमा  भिजुअल प्रोडक्सन कमजोर भईरहेको अवस्थामा पिताम्बर फिल्मको गीतले भने सम्पूर्ण मापदण्ड पूरा गरेको छ । उच्च कोटीको प्रोडक्सन भ्यालु सहित फिल्मको गीत म त फ्यान भए  सार्वजनिक भएसँगै गीतको निर्माण लाई लिएर चौतर्फी तारिफ चलेको छ।

गीतमा प्रदीप खड्कका साथमा दिव्या रायमाझी मुख्य रुपमा फिचर्ड छन । दिव्याले एक्टर फिल्ममा देखाउँन नपाएको डान्सको जादु यो फिल्मको गीतमा देखाएकी छिन । प्रदीपले पनि सक्दो नाचेका छन । लुक्स वाईज प्रदीप र दिव्या अत्यन्त सुन्दर पनि देखिएका छन ।  प्रदीपसँग पहिलो पटक हिरोइनको जोडी सुहाएको जस्तो देखिएको छ । गीतमा देखाईएका अन्य कलाकारहरुको लुक्सले पनि फिल्मको कथामा वजन रहेको अनुमान लगाउन सकिन्छ ।

उच्च कोटीको सेट, राम्रा कष्ट्यूम, भरिलो क्राउड र सुन्दर सिनेमाटोग्राफीले यो गीतको प्रोडक्सन भ्यालु बलिउड फिल्मका गीतको झल्को दिने खालको देखिएको छ । गीतको कोरियोग्राफी गरेका कविराज गहतराजले पनि लामो समय पछि उच्च प्रोडक्सन भ्यालु बोकेको गीतमा आफ्नो धर्म पूरा निभाएको देखिन्छ ।

अडियो पक्षमा कुरा गर्नु पर्दा अत्यन्त फाष्ट टेम्पोमा गीत सृजना गर्नु जोखिमपूर्ण भएको हो कि भन्ने हामीलाई लागेको छ । यध्यपी यस गीतका संगीतकार समेत रहेका गायक आशिष अविरल र अस्मिता अधिकारीले बडो अप्ठयारो गीतलाई राम्रो सँग गाउँने कोशिष गरेका छन ।

अडियो अरेन्जमेन्ट र संगीत सशक्त हो तर समस्या चाँहि यति हो कि १ सय २० को स्पिडले गीतको लिरिक्स याद गर्न गाह्रो हुने हो कि भन्ने जोखिम ज्यादा देखिन्छ । कतिपय स्थानमा गीतका शब्द सजिलै बुझन कठिन छ । यध्यपी डान्सिङ नम्बरको राम्रो गीत बनाउँने प्रयाश स्वरुप पिताम्बरको गीत निस्किएको हो भन्ने हाम्रो सार समीक्षा छ ।

तर एउटै प्रश्न चाँहि के छ भने जुन सेटअपमा यो गीत बनाईएको छ त्यो सेटअपका लागि अडियो गीतको चयन चाँहि अझै पर्फेक्ट नभएको हो कि भन्ने प्रश्न चाँहि कता कता उब्जाउँछ । किन कि यो गीतमा थुप्रै भिलेनका अगाडी हिरो र हिरोइनहरुले म त फ्यान भए यार भनेको तात्पर्य नसुहाएको हो कि झै लागेको छ हामीलाई । अन्यथा यतिको गीतलाई सवैले समर्थन गर्न जरुरी छ । गीत रिलिज भएको २३ घण्टामै भ्यूज पनि १२ लाख नाघ्दै ट्रेन्डिङमा समेत उक्लिएको छ । 

Leave a Reply