काठमाण्डौँ । आफ्नो फिल्मको काम छाडेर अरुको फिल्म खेल्न थालेका गायक तथा अभिनेता प्रकाश सपुतले बसन्तको टिजर निकालेका छन ।
विना हो हल्ला निस्किएको टिजरले २४ घण्टामा एक लाख भ्यूज पनि नघाएको छैन । कवितात्मक शैलीमा तयार पारिएको टिजरले सौन्दर्य त बोकेको छ, तर नौ महिनाअघि अनाउन्समेन्ट सेरोमोनीमा सार्वजनिक गरिएको भिडियो जस्तो उच्च कोटीको छैन । टिजर हिजो सार्वजनिक भएको हो तर चर्चा शून्य जस्तै छ । टिजर रिलिजको २१ घण्टा हुन लाग्दा जम्मा ७० हजार भ्यूज पुग्दैछ ।
प्रकाश सपुतका कुनै पनि कन्टेन्ट बाहिर आउँदा सामाजिक सञ्जालमा धेरै चर्चा परिचर्चा हुने गर्थियो । यस पटक प्रकाशले निकालेको बसन्तको पहिलो गीत खासै चलेन भन्दा फरक नपर्ला । त केही हद सम्म आयो तर भाइरल भैदिएन । अडियो त ठिकै हो तर दर्शकले धेरै आत्मसाथ गरेनन ।
अर्को मिस्टेक के भैराछ भने प्रकाशले फिल्म खेल्ने मोह घटाउनु पर्छ । उनी यस कुमार जस्तो हुनुहुँदैन । यस कुमारलाई पनि फिल्म खेल्ने भूत चढेपछि उनको गायकी कलाको मिठास हराउँदै गयो ।
न त, उनी नायकका रुपमा स्थापित हुन सके न त गायकको रुपमा यो जेनेरेशन माँझ थप चर्चित हुन बन्न सके । आजकाल उनका गीतमा अडियो भन्दा भिडियो पक्ष ज्यादा हावी हुन थालेका छन । बिषय भन्दा पनि विज्ञापनमा केन्द्रित भएर गीत बनाउँदा उनको सृजनाको रौनकता हराउँदै गएको छ ।
किन कि उनको ध्यान गाउँनमा भन्दा ज्यादा अभिनय गर्नमा भईदिएर हो । हरेक भिडियोमा उनी आफै देखिनु पर्ने । उनीनै खेल्नु पर्ने । परि आए फिल्म समेत नाछड्ने । हो ठ्याक्कै त्यस्तै सिनारियो प्रकाश सपुतको हकमा क्रिएट भईरहेको छ अहिले ।
प्रकाश राम्रो गायक मात्रै हैनन समाजका नायक हुन । तर सेतो पर्दाको हिरो बन्ने मोहजालमा परेर उनले यो बर्ष आफ्नो फिल्म सहित ५ वटा फिल्ममा काम गरे र गर्दैछन । एउटा पूर्णबहादुरको सारंगी, दोश्रो बसन्त, तेश्रो सोल्टिनी , चौथो हरिबहादुरको जुत्ता र पाँचौ माइतीघर ।
प्रकाश राम्रो सर्जक हुन । मेकरहरुले उनको लोकप्रियतालाई व्यावसायिक रूपमा उपयोग गर्न मात्र खोजिरहेका छन् । उनलाई नायकको रुपमा खेलाउन खोज्नु केवल स्वार्थ हो । फगत स्वार्थ । कुरा नघुमाई भन्ने हो भने प्रकाश सपुतको अभिनय कला गायन जस्तो तगडा छैन ।
फिल्म मेकरहरुले उनको लोकप्रियतालाई हाइज्याक गर्न मात्र खेजेका हुन । यो वर्ष प्रकाश सपुतले फिल्म निर्देशनमा डेब्यू गर्दैछन् । आफ्नो वर्षौंको सपना पूरा गर्दैछन्, तर पहिलो पटक निर्देशकका रूपमा उभिँदा ‘बसन्त’ को चर्चा अपेक्षाकृत कमजोर हुँदै गएको छ । यो वर्ष फिल्म निर्माण गर्ने निर्णय लिइसकेपछि किन अरूको ब्यानरका फिल्म खेल्नु ? यति सम्झाउने कोही मुन्छे उनको अगाडि छैनन् होला र ?
प्रकाशले यो कुरा मनन गर्नु पर्थियो । फिल्म निर्देशकका रुपमा डेब्यू गर्दा अरु व्यानरबाट आएको अफर सिधा रिजेक्ट गर्नु पर्थियो । पूर्णबहादुरको सारंगी एउटा फिल्म खेलिसकेका थिए अर्को आफ्नै फिल्म बसन्त थियो , यति भए पुग्थ्यो तर हिरो बन्ने चक्करले उनले बसन्त माथि अन्याय गर्दैछन धमाधम फिल्म साइन गरेर ।
ड्रिम प्रोजेक्टको रुपमा हेरिएको बसन्तको पोष्ट प्रोडक्सनमा बढी समय दिने कि सुटिङ तिर ? २२ आउँनै लागिसक्यो। सायद यहि चिजको उपज होला प्रकाश सपुतको फिल्मको टिजर बाहिर आउँदा पनि युट्युबमा भ्यूजको खडेरी देखिनु । गीतले पनि अपेक्षकृत सफलता नपाउँनु ।
कृपया बसन्त माथि अन्याय नगर । प्रकाशको आँखाबाट बसन्तको सफलताको सपना हामी सञ्चारकर्मीले पनि देखेका छौँ । उही तपाईको एउटा गीत थियो नि ‘धुपीको रुख जस्तो माया चढ्नै गार्हो ,भूपिको कविता जस्तो माया पढ्न गार्हो , जस्तै नहोस । तपाईको फिल्म क्षेत्रको आगमन ।