राम्रो निस्कियो अञ्जिलाको टिजर

काठमाण्डौँ । अनेकन विद्यामा फिल्म बनाईसकेका निर्देशक मिलन चाम्सले बनाएको नयाँ फिल्म अञ्जिलाको राम्रो टिजर सार्वजनिक भएको छ ।

फाल्गुन २९ गते देखि प्रर्दशनमा आउँने यस फिल्मको कथा नेपाली महिला फूटवल टिमकी क्याप्टेन तथा गोलकिप्पर एन्जिला तुम्बापेको ईनिशियल फेजको स्ट्रगलमा आधारित छ ।

समग्रमा भन्नूपर्दा यो फिल्म जुन उद्धेश्यका साथ निर्माण भएको हो त्यसलाई मिट गर्ने गरी टिजिर तयार गरिएको हाम्रो मूल्याकंन छ । तर डरमर्दो कुरा के छ भने धुरन्धर अभिनेताहरुको भीडमा आफै मुख्य कलाकार भएर देखिएकी एञ्जिलाले आफूलाई कुन तरिकाले अभिनय कलामा उतारिन त्यो चाँहि अहिले यसै भन्न सकिने अवस्था भने देखिएको छैन ।

यध्यपी उनको आवरण, लुक्स र स्टाइल भने राम्रो देखिएको छ । शायद ट्रेलर निस्किएपछि उनको अभिनय कस्तो देखियो अझै भनौला । यध्यपी निर्देशक चाम्सले अञ्जिला राम्रो बनाउँने प्रयाश गरेको चाँहि पक्कै देखिन्छ । टिजर मेकिङ गर्दा साउन्ड, एडिटिङ र दृश्य संयोजनमा निर्देशक चाम्स र उनको प्राविधिक टिमको सोचाईको सिंक राम्रो  छ ।

फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री सृजना सुब्बा एन्जिलाको आमा बुवाको भूमिकामा देखिएका छन । दया एन्जिलाको चाहना विपरित छिन भने सृजना छोरीको सफलताको पक्षमा देखिएकी छिन ।

फिल्ममा सुनील थापा, बुद्धी तामाङ, माओत्से गुरुङ, विजय बराल जस्ता कलाकार पनि प्रमुख भूमिकामा छन । फिल्मलाई प्रेम कुमार श्रेष्ठ टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया ले मिलेर बनाएका हुन । हेर्नुस टिजर

 

Leave a Reply